
पोखरा न्युज – पोखरा महानगरपालिकाको पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमाका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले समान अङ्कको अग्रता कायम गरेका छन् ।
पोखरा महानगरको वडा नम्बर १, २ र १२ को तीन हजार मत गणना हुँदा आचार्य र रानाभाट ८१ मतले अगाडि रहेका छन् ।
आचार्यले आचार्यले १ हजार १२१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १ हजार ४० मत ल्याएका छन् ।
दिउसो ३:०० बजे सार्वजनिक गरिएको नतिजा अनुसार राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले १८४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले एक हजार २४६ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले एक हजार १६५ मत पाएकी छन् ।राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले १६५ मत प्राप्त गरेकी छन् ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।





