पोखरामा नयाँ गुफा भेटियो

पोखरा-

पोखराको घारीपाटन स्थित रातोपहिरा त्रमा गुफा भेटिएको छ ।

स्थानीयले आफ्नो टोल सरसफाई गर्ने क्रममा रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको स्थानीय भगवान पन्तले बताए । सो क्षेत्रमागुफा भेटिए पनि स्थानीयहरु निकै हर्सित भएको उनले बताए ।

उनका अनुसार गुफा भित्र भगवान शिव, पार्वतीको मुर्ति आकार समेत देखिएकोले आज पुजा गरी गुफाको अवलोकन गरीने भएको छ । ओमकारेश्वर मन्दिर आश्रम निमार्ण समिति रातो पहिराका अध्यक्ष समेत रहेका पन्तले धार्मिक हिसावले पनि गुफाको महत्व हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button