बैंकिङ कसूर मुद्दामा फरार अमेरिका पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने अमेरिका थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ८ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button