नेपालले पाकिस्तानलाई २ करोड बराबरको राहत सामाग्री सहयोग गर्ने

नेपालले पाकिस्तानलाई २ करोड बराबरको राहत दिने

नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त रकम बराबरको सामाग्री सहयोग गर्ने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिएको हो । विज्ञप्तिमा बाढीबाट भएको ठूलो क्षति प्रति दु:ख व्यक्त गर्दै विपदमा परी मृत्यु भएका हरुमा हार्दिक समवेदना प्रकट गरिएको छ भने घाइतेलाई सीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको पाकिस्तान हाल विश्व समुदायसँग सहयोगका लागि अपिल गरिरहेको छ । करिब ३ करोड मानिसलाई प्रभावित पारेको बाढीले ३० खर्ब बराबरको क्षति गरेको पाकिस्तानी सरकारले जनाएको छ ।

अत्यधिक मनसुनी वर्षा र उत्तरी हिमताल पग्लिएर आएको बाढीका कारण कम्तिमा १४०० जनाको मृत्यु भएको छ भने जनजीवन अस्तव्यस्त बनेको छ । त्यहाँको सिन्ध, बलुचिस्तान, खैबर पख्तुन राज्यमा बाढीले ठूलो क्षति गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button