तनहुँको भिमादमा बोलेरो दुर्घटना, चालकको मृत्यु

तनहुँको भिमादमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

स्याङ्जा हरिनास-५ घर भई हाल शुक्लागण्डकी-५ गल्छिना बस्दै आएका ४० वर्षीय केशबहादुर थापाको दुर्घटनामा मृत्यु भएको हो । आफैले चलाएको ग ३ च २१२९ नम्बरको बोलेरो खस्दा च्यापिएर उनको मृत्यु भएको हो ।

ऋषिङ-भिमाद सडकखण्डको मडुवामा बोलेरो चिप्लिएर सडकदेखि करिब २५ फिट तल खसेको थियो । राती करिब ११ बजे पानी परेका चिप्लो बाटोमा गाडी अनियन्त्रित भएर खसेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

बोलेरो सिरक डसना उद्योगका लागि पुराना कपडा बटुलेर दुलेगौंडातर्फ आउँदै गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button