मासु खाँदा घाँटीमा अड्किएर लमजुङ र चितवनमा एक-एक जनाको मृत्यु भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ का ४५ वर्षीय सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
त्यस्तै चितवनको कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मासु खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको हो । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि अस्पताल लगिएको थियो ।
भरतपुरको पुरानो मेडिकल कलेज लगिएका क्षेत्रीको अस्पताल पुर्याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।