पोखरामा पुलबाट हाम फालेर पुरुष बेपत्ता
पोखराको मितेरी पुल भनिने सीताराम पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।
बाग्लुङ जिल्ला घर भइ हाल पोखरा-१५ नयाँगाउँ बस्ने ४५ वर्षीय केदार बहादुर खड्का आज बिहान करिब ६ बजेतिर पुलबाट हाम फालेका थिए । उनीसँगै केही अघि हिडिँरहेका दाजु गोविन्द खड्काका अनुसार केदार अकस्मात पुलको रेलिङ चढेर हाम फालेका थिए ।
केदारका छोरा जीवन खड्काका अनुसार उनी मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनको खोजीकार्य जारीरहेको जनाइएको छ ।