कास्कीमा १४ स्वतन्त्र उम्मेदवार, यस्ता छन् ४० वर्ष नकटेका युवा अनुहार

राजनीतिक परिवर्तनको मुद्दा बोकेर स्वतन्त्र उम्मेदवारी दिने लहर देशभरि नै चलेका बेला कास्कीका प्रतिनिधिसभाका ३ निर्वाचन क्षेत्रका लागि पनि १४ जनाले स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ३० नकटेका देखि ८४ टेकेकासम्म रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख गरिएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा कम २ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिँदा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै ७ जना स्वतन्त्रको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ मा ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । १४ स्वतन्त्र उम्मेदवार मध्ये छ जनाको उमेर ४० वर्ष भन्दा कम नै रहेको छ । स्वतन्त्रमध्ये कास्की १ का २७ वर्षीय सौगात जिसी सबैभन्दा कान्छा उम्मेदवार हुन् भने कास्की ३ बाट उम्मेदवारी दिएका ८४ वर्षका पशुपति नाथ तिमिल्सिना सबैभन्दा पाका उम्मेदवार हुन् ।

कास्की २ मा ३४ वर्षका ऋगेन्द्र गिरी, ३५ वर्षकी गिता नाथ र ३२ वर्षकी जमुना शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै कास्की ३ मा ३६ वर्षीया अनिता भुर्त्याल र ३८ वर्षीय यादव प्रसाद तिमिल्सिना ४० नकटेका स्वतन्त्र उम्मेदवार रहेका छन् ।

कास्कीका स्वतन्त्र उम्मेदवारले खुकुरी क्रस चिन्हदेखि सिलिन्डरसम्मका चुनावचिन्ह पाएका छन् । स्थापित दलसँगको प्रतिस्पर्धा सँगसँगै बाडिँएका स्वतन्त्र उम्मेदवारलाई आगामी निर्वाचनमा विजय प्राप्त गर्न भने कठिन नै पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button