पोखरामा माइक्रोबसको ठक्करवाट पैदलयात्रीको मृत्यु

पोखरा –

पोखराको न्यूरोडमा सोमबार बिहान माइक्रोबसले  ठक्कर दिदा एक पैदल यात्रीको ज्यान गएको छ ।

न्यूरोड नगरपालिका कार्यालय नजिकै काट्ने क्रममा माइक्रोबसले ठक्कर दिदा ६० बर्षीय बृद्धा रुविना गुरुङको ज्यान गएको हो । कास्कीको ल्वांङघलेल घर भइ न्युरोडमा  बसोबास गर्दै आएकी गुरुङलाइ सोमवार विहान करिब ९:५० मा बसले  ठक्कर दिएपछि  गम्भीर घाइते भएकी थिईन । गुरुङलाइ चिप्लेढुंगावाट  सभागृहचोक  तर्फ जाँदै गरेको ग १ ख ३७५२ नंबरको माईक्रो बसले ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते भएकी उनको  गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान १०:२५मा  मृत्यु भएको हो  ।  मृतक गुरुङको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको  छ ।

ठक्कर दिने माइक्रो बस  र बसका चालक ३५ बर्षिय हस्तबहादुर थकालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button