वानएक्स बेटका पाँच कारोबारी पक्राउ, ७४ करोड बढीको कारोबार

नेपालमा प्रतिबन्धित वानएक्स बेटका पाँच कारोबारी पक्राउ परेका छन् । उनीहरुले ७४ करोड बढीको कारोबार गरेको प्रहरी जनाएको छ ।

अनलाइन एपमार्फत सट्टेबाजी गरिने वानएक्स बेटको कारोबार गरेको आरोपमा कैलाली घर भई काठमाडौं मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बस्ने २४ वर्षीय आशिष लामिछाने पक्राउ परेका हुन् । प्रहरीका अनुसार दिनेशको खाताबाट सर्वाधिक ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी श्रेष्ठमार्फत ५ करोड ५४ लाख ६६ हजार र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको देखिएको छ । चन्दको खाताबाट ४५ लाख र लामिछानेको खाताबाट ३७ लाखको करोबार भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल सरकारले प्रतिबन्ध लगाए पनि वानएक्सले आकर्षक बोनसको लोभ देखाएर नेपालमा एजेन्टहरु भर्ना गर्ने गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button