
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज सफलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकता लिएको भन्दै जेठ १० गते संवैधानिक इजलासमा रिट दायर गरेका थिए । अमेरिकी नागरिकता त्यागेको ३ महिना नपुगी निर्वाचनमा उम्मेदवारी दिन स्वीकृति दिएको भन्दै निर्वाचन आयोगलाई समेत विपक्षी बनाई सफलले रिट दर्ता गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो ।





