बाँकेमा कारागारभित्र कैदी झुन्डिएको अवस्थामा फेला

बाँकेमा कारागारभित्र कैदी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नेपालगञ्जस्थित कारागारको शौचालयमा जानकी गाउँपालिका-६ घर का २३ वर्षीय नीरज गुप्ता मृत अवस्थामा फेला परेका हुन् । उनलाई २०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएकोमा १५ दिन अघिमात्र प्रहरीले पक्राउ गरेको थियो ।

घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button