चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगर-२८ कोटेनी घर भएका २६ वर्षीय आशबहादुर बोटे रहेका छन् ।
सोमबार दिउँसो सवा ३ बजेतिर बोटेलाई बाघले आक्रमण गरेको जनाइएको छ । बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।





