पोखरामा नहरमा बगेर १० वर्षीय बालक बेपत्ता

पोखरा । पोखरामा  नहरमा बगेर बिहीबार एक बालक बेपत्ता भएका छन् ।

मध्यान्ह करिब १२:०० बजेको समयमा पौडी खेलिरहेका पोखरा १७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका १० वर्षीय छोरा सम्बोधन अधिकारी बगेर बेपत्ता भएका हुन् ।

पावर हाउसमा पौडी खेल्ने क्रममा  बेपत्ता भएका सम्बोधनको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।

डिएसपी जोशीका अनुसार अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली उक्त स्थानमा बालकको खोजी तथा उद्धार कार्यमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button