पोखरामा नगर बस दुर्घटना (घाइते ३५ यात्रुको नामावलीसहित)

३ को अवस्था गम्भीर, ४ जटिल घाइते

पोखरा । पोखरामा आइतबार दिउँसो ३५ यात्रु सवार नगरबस दुर्घटनामा परेको छ ।

छोरेपाटनबाट पोखरा २२ मा शान्तिस्तुपा हुँदै पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनापछि ३५ यात्रुलाई तत्कालै उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पठाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

घाइते मध्ये ३ यात्रुको अवस्था गम्भीर रहेको र ४ जनाको अवस्था सामान्य जटिल रहेको अस्पताले जनाएको छ । अस्पतालका अनुसार बाँकी २८ जनाको अवस्था सामान्य रहेको छ ।

बस घुम्तीमा ब्याक भएर सडकबाट ५० मिटर तल खसेको सूचना अधिकारी पाठकले बताए ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button