
पोखरा । पोखरामा अबदेखि निजी सवारीसाधन भाडामा लगाउन नपाइने भएको छ । लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्ने गरेका थिए ।
विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कूटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ ।
साथै नियम विपरीत निजी सवारी साधन भाडामा लगाउने व्यवसायीलाई सचेत गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरीत निजी सवारीसाधन सञ्चालन गर्ने लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो ।
ट्राफिक प्रहरी कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरको संयुक्त टोलीले उनीहरुलाई सचेत गराउँदै ५५ वटा बोर्ड हटाइएको हो ।





