
पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलेले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
जुन आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।





