पोखरामा सेवाग्राहीलाई दुःख दिने १८ विचौलिया पक्राउ

पोखरा । कास्की प्रहरीले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा  १८ जना विचौलियालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका आज  दिउँसो करिब १:३० बजे यातायात व्यवस्था कार्यालय पोखरा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सेवाग्राहीहरूलाई अनावश्यक झन्झट दिने तथा गैरकानुनी रूपमा सेवा सहज गरिदिने बहानामा रकम असुल्ने गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

कार्यालय परिसरभित्रै बसेर विचौलियाको काम गर्दै आएका १८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार प्रारम्भिक सोधपुछपछि उनीहरूलाई भविष्यमा यस्तो कार्य नगर्ने प्रतिबद्धता गराई आवश्यक कागजात जाँच गरी छाडिएको छ।

प्रहरीले यस्ता अवैध गतिविधिमा संलग्न नहुन सबैलाई चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button