
पोखरा । सरकारले पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय बसलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएका हुन् ।
“काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्नेछौँ । पोखरामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई-मोबिलिटी सेवा सुरु गर्नेछौँ,” अर्थमन्त्री वाग्लेले भने ।





