पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु

पोखरा । पोखराको फेवातालमा डुबेर गएराती एक युवकको ज्यान गएको छ ।

पौडी खेल्ने क्रममा डुबेर पोखरा-१५ रामबजारका १९ वर्षीय अमर थापाको मृत्यु भएको हो ।

युवक थापा तालमा डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल कालिकाको गोताखोरसहितको सहितको टोलि रातको ८ बजे उद्दारमा खटिएको थियो ।

प्रहरीका अनुसार झन्डै एक घण्टापछि रातको ९:१० बजे २५ फिट गहिराइबाट उद्दार टोलिले युवकलाई अचेत अवस्थामा उद्दार गरेको थियो । उद्दार पश्चात युवकलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button