पोखरामा फियाट र स्कोडा शो–रुम

दिननाथ बराल

पोखरा १, भदौ :

चर्चित व्राण्ड फियाट र स्कोडाको शो–रुम पोखरामा स्थापना भएको छ । नेपालको लागि फियाट अटो मोवाईलको आधिकारीक विक्रेता काठमाण्डौंको लाईफ अटो मोवाईलले फियाट र स्कोडा गाडिको आधिकारीक विक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले स्कोडा कारको शोरुम संयुक्त रुपमा पोखरामा संचालनमा ल्याएको हो। यस क्षेत्रका उपभोक्ताहरुका लागि पोखराबाटै उक्त गाडी सहज रुपमा विक्रि वितरण गर्नको लागि उक्त शो– रुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

उक्त सोरुम उद्घाटन गर्दै लाईफ अटो मोवाईल्सका प्रवन्ध निर्देशक आनन्दराज बतासले स्टाईल र मजबूतीका साथै आफ्नो वितरकहरु संग सहकार्य गरी नेपाली उपभोक्ता माझ यस्ता युरोपियन व्राण्डका गाडीहरु भित्राउन पाउदा निकै खुसि लागेको बताए ।  उनले भने “जसरी बतासको उत्पादन मन पराउनु भएको छ अब यस कम्पनीको उत्पादन पनि मन पराउनु हुनेमा पुर्ण विशोस्त छु । ”

उद्घाटनको अबसरमा फियाट अटो मोवाईलले भदौ १ देखि भदो ४ गतेसम्म चार दिनको लागि “एक्सचेन्ज अफर” कार्यक्रम ल्याएको छ । यो योजनामा ग्राहकहरुले काठमाण्डौं बाट आउनुभएका प्रमुख रिकन्डिसन हाउस मार्फत आफ्नो पुरानो गाडीकोे उच्च मुल्याङ्कन मार्फत फियाट वा स्कोडा गाडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुले एक्सचेन्ज बोनस र साथैे विशेष स्किम कार्यक्रममा स्कोडा ¥यारापिड जम्मा ४ लाख ७९ हजार मुल्य दिए पछि र पुन्टो ईभो ३ लाख ६९ हजारमा नगद दिए पछि प्राप्त गर्न सकिने भएको छ । हरेक फियाट टेस्ट ड्राईभ गर्नु हुने उपभोक्तालाई स्योर सट उपहार प्रदान गरिनेछ ।

लाईफ अटो मोवाईल्सले करिब एक बर्ष पहिला भित्र्याएको  फियाट पुन्टो नामक ह्याचब्याकको अधिक्तम सफलता पश्चात त्यत्तिकै रुचाईएको फियाट लिनिया नामक सेडान बजारमा ल्याएको कम्पनीको दाबी छ । यसको सफलता संगै लाईफ अटो मोवाईल्सले हालै फियाट एभेन्चुरा नामक सियुभि बजारमा ल्याएको छ । विविध विषेशताहरु समेटेको फियाटमा भएको उत्कृष्ट ग्राउन्ड किल्यरेन्सले गर्दा यो कार नेपालको बाटो सुहाउँदो भएको बताईन्छ । अत्याधुनिक पछिल्लो प्रविधिमा आधारित पुन्टो पेट्रोल र डिजेल दुबै ईन्जिनमा उपलब्ध छ । फियाटको बजार मुल्य  पच्चिस लाख ९५ हजारबाट सुरु हुँदछ ।

सबै भन्दा धेरै रुचाईएको युरोपियने ब्राण्ड फियाट क्राईसर अटोमोवाईल्स , नामक कम्पनिको उत्पादन हो जसले विश्व विख्यात १६ ब्राण्डहरु उत्पादन गरेको छ । फियाटले कार उत्पादन कम्पनीको सय वर्ष भन्दा लामो ईतिहास बोकेको छ । नेपाली बजारमा फियाट गाडि लन्च गरिएको छोटो समयमै बढी रुचाएका पाईन्छ । उक्त अवसरमा भरतकुमार गुरुङ सहित तीन जनाले समेत किनेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button