डिएनबी, पोखरा न्यूज- २९, माघ ।
जापानमा आउदो मार्च अन्तिम साता आयोजना हुने १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१२) ईन्टरनेश्नल फुटबल प्रतियोगिताको लागि नेपालबाट खेलाडी १२ छनौट भएका छन्।
जापानको टोकीयोमा आयोजना हुने कोपा पुमा टोरेरोज इृन्टरनेश्नल फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुने १२ खेलाडी छनौट भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले बताए ।
कास्की जिल्ला फुटबल संघको संयोजनमा तथा जापान फन रुट्स एकेडेमीद्धारा जापानको टोकीयोमा हुने उक्त प्रतियोगिताको लागि हाल जापानमा रहेका पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन लगायतले खेलाडी छनौट गरेका हुन्। जापानका प्रकाश तुलाचनको समेत उक्त प्रतियोगिताको लागि सहयोग गरेका छन्।
छनौट भएका खेलाडीहरुको यातयात आवासिय सहितको सुविधा जापानबाट हुने भएको छ । छनौट भएका खेलाडीहरुमा कास्कीका सफल थापा र सविन नेपाली मकवानपुरका विनय तामाङ, काठमाण्डौैंका एलेक्स पौडेल र विस्वास ओझा, रुपन्देहीका सरोज दर्लामी, बागलुङका विविर थापा, स्याङजाका विशाल विक र आयार्न गुरुङ म्याग्दीका बिज्ञ गौचन, अर्घाखाँचीका समीर गौतम र गोर्खाका प्रकाश तामाङ रहेका छन् ।