दीननाथ बराल , पोखरा न्यूज –२४, कार्तिक । गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले सहारा एकेडेमीलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।
शनिबार सहारा एकेडेमी सहित एकेडेमीका बालकहरुसंग भेटघाट गर्दै कार्यवाहक मुख्यमन्त्री गुरुङले हारा एकेडेमीलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
उनले भने “ हामीले सोचे भन्दा सहारा एकेडेमी धेरै फरक ढंगबाट संचालन भएको रहेछ, यसलाई दिगो रुपमा संचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको छ ।” उनले पोखरामा स्तरिय फुटबल मैदान अभाव भएको अवस्थामा क्लबले एकेडेमीको खेल मैदानलाई व्यवस्थित पार्न सुझाव दिए।
कार्यवाहक मुख्यमन्त्री गुरुङलाई क्लनका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली लगायतले स्वागत गर्दै क्लबको गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना बालकहरु एकेडेमीमा रहेकाछन्।