पोखरा रंगशालामा छैन पानी, लाखौ खर्चेर बनाएका बोरिङ्ग र ट्याङ्की जिर्ण

खेलाडी भन्छन पानी…..पानी…पोखरा रंगशालामा छैन पानी, खुल्ला दिशा पिसाव मुक्त जिल्लाको रंगशालामा उपहास
केशव पाठक, पोखरा-
पोखरा रंगशाला देशको दोश्रो ठूलो शहर राजधानीको प्रमुख रंगशाला । ३ सय १५ रोपनीमा फैलिएको । रंगशालामा प्रायः जसो गतिविधी नभएको दिन नै हुँदैनन । मुख्य मैदान कहिले खाली देखिन्न । त्यसको अलवा रंगशाला भित्र रहेका मार्शल आर्ट, व्याडमिन्टनको कर्भड हल, लन टेनिस, आर्चरीको व्यवस्थित खेल मैदान, निर्माणाधिन कर्भडहल । निर्मार्णाधिन ह्याण्डबलको मैदान, फुटबल र अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान । सवै चिज छ एउटा छैन त्यो हो पानी ।

बश यति भए पुग्यो खेलाडीलाई मात्र होइन आगन्तुकलाई समेत नभइनहुने पानी नै हो । कुनै बेला पर्खाल समेत नभएर गाइचरणको रुपमा प्रख्यात पोखरा रंगशाला २०६१ सालमा नेपाल भुतपुर्व खेलाडी मंचको पहलमा पर्खाल निर्माण कार्य सम्पन्न भयो । मंचले पर्खाल निर्माणबाट जोगिएको रकमले १५ लाख खर्चेर पानीको व्यवस्था समेत ग¥यो । तर सबै बेहाल भयो । जिल्ला खेलकुद कास्कीले लाखौ खर्चेर बनाएको कुरालाई संरक्षण गर्न सकेन । राष्ट्रिय खेलकुद परिषदले त्यही वोरिङ्गका लागि लाखौ खर्चेर १ लाख ५० हजार लिटरको ट्याकीं समेत बनायो । हस्तान्तरणको वर्ष दिन नवित्दै वोरिङ्ग बाट निकालिएको पानी समेत बन्द भयो । बिजुलीको विल धेरै आउनृ भएपछी जिल्ला खेलकुद विकास समितीले वोरीङ्ग चलाउन छोड्यो । पानी स्वतः सुक्यो । अनि पोखरा रंगशाला काकाकुलको स्थितीमा फर्कियो । जनता बाट उठाएर बनाइएको वोरिङ्ग यति बेला मर्मतको पर्खाइमा छ ।

२०६१ सालमा ट्यांकी निर्माण गर्नेबेलाको तस्बिर

२०६१ सालमा पर्खाल निर्माण समितीले १५ लाख खर्चेेर बनाएको वोरिङ्ग सुकेको अवस्थामा छ । “नेपाल खानेपानी संस्थानले खेलकुदमा दिएको पानीले पुग्दैन, संरचना धेरै छन पानी आवश्यक छ तर कहाँ बाट कसरी ल्याउने फ्याट्ट भन्ने अवस्था नै छैन” जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा १३ औ साग र अवको दुई वर्ष पछि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना समेत गर्न पोखराले अवसर पाउने भएको छ । तर खेलकुदको राजधानीको रुपमा रहेको रंगशालामा एक–एक थोपा पानीका लागि खेलाडी तडपिनुको विकल्प छैन ।

धेरै पानी आवश्यक पर्ने फुटबल मैदान, किक्रेट मैदान, आर्चरी, लनटेनीस, व्याडमिन्टन लगाएत अन्य महत्वपुर्ण संरचना बेहाल भएका छन । लन टेनीसले मात्रै महिनामा १५ देखि २० हजारको पानी किन्छ भने फुटबल र क्रिकेटको अवस्था समेत त्यस्तै छ । सहारा क्लवले हरेक वर्ष आयोजना गर्ने आहा राराका लागि डेढ देखि २ लाखको पानी किन्ने गरेको कलवका अध्यक्ष विरभद्रले बताए । उता एन्फाको संरक्षणमा रहेको फुटवल मैदानका लागि एन्फा कास्कीले पनि उत्तिकै रकम खर्च गर्छ । तर पानी कहाँ बाट कस्ले र कसरी ल्याउने भन्ने कुरामा कसैको पनि जवाफ नै छैन । सबैको एउटै जवाफ छ त्यो खेलकुदले नै व्यवस्था गर्नु पर्छ ।

रंगशालामा पानी बेगरका यी ट्यांकी

तर यता जिल्ला खेलकुद विकास समिती कास्की अध्यक्ष यम गुरुङ्गले पानी भन्दा पनि रंगशाला भित्रको सडक पिच गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको वताए । “धुलोले हैरान पारेको छ म अव फुटबल मैदान सम्म पुग्ने सडक पिच गराउन तिर लाग्छु” गुरुङ्गले भने । पानीको योजना आफुले दोश्रोमा राखेको उनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पानी पहिलो प्राथमिकता रहेको बताए । क्षेत्रिय खेलकुदले रंगशाला परिसरमा निर्माण सम्पन्न गर्न लागेको शौचालय पानी प्रयाप्त नहुँदा सम्म वन्द गरिने उनले बताए । “हामी यस विषमा एकदमै संवेदनशिल छौ” उनले भने “ नयाँ वोरिङ्ग गर्न १८ देखि २० लाख खर्च लाग्ने रहेछ, हामीले केही रकम र बाँकी लन टेनिस, फुटबल र क्रिकेट संघ संग सहयोग माग्ने सोच बनाएका छौ ।”

राष्ट्रिय खेलकुदले निर्माण सम्पन्न गर्न लागेको शौचलाय पानीकै अभावमा बन्द हुनु र रंगशालामा खेल हेर्ने दर्शक हरु खुल्ला शौचमा जानु भनेको पोखरा जस्तो विकसित नगरका लागि लाजमर्दो कुरा रहेको अधिकांशको भनाई छ । “कास्की खुल्ला दिशा पिसाव मुक्त क्षेत्र हो” “तर शुरक्षाका लागि खटिने प्रहरी र पुरुष दर्शकहरु ह्वार्र शौचका लागि रंगशालाको पर्खाल र सेती नदीको डिल तिर सोझिन्छन, महिलाहरुको लागि त झनै अप्ठ्यारो छ” खेल प्रेमी डिवी गुरुङ्ग भन्छन –“पानी र शौचालयको राम्रो प्रवन्ध नभएकोले महिलाहरु खेल हेर्न बाट समेत वञ्चित छन भने महिला खेलाडीलाई समेत एकदमै समस्या छ ।” “रंगशालाको पर्खाल तिर फर्केर पिसाव फेरेको देख्दा हामीलाई पोखरेली हुँ भन्न पनि लाज लाग्छ, ठूलो शहरका हामी मान्छे खोइ के भन्ने” फुटवल सिक्न आएका सुरज थापा भन्छन ।

पोखरा रंगशालामा पानीको उचित व्यवस्था गर्न नसक्नु दोष कस्को भन्ने बारे जवाफ कसै संग छैन । ४ नं प्रदेशको केन्द्र पोखराको रंगशालाको यो वेहाल हुँदा समेत स्थानिय निकाय पोखरा उपमहानगर पालिका, खुल्ला दिशा मुक्तको वोर्ड टांस्ने जिल्ला विकास समिती कास्की, जिल्ला प्रशासन, क्षेत्रिय प्रशासन र खेलकुदको प्रमुख जिम्मेवारी निकाय क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद सवै मुख हेराहेरको स्थिती छ । “२० लाख नभएर रंगशालामा पानी नभएको हो त ?” त्यो पनि होइन भन्छन नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ्ग “पोखरेली हरुको हृदय ठूलो छ हरेका निर्माण कार्यमा पोखरेलीहरुले एक जुट भएर सहयोग गरेका छन रकम ठूलो होइन खेलकुदको नेतृत्वको इच्छा शक्तिको कुरा हो ।” जनताकै सहयोग बाट पर्खाल निर्माण सम्पन्न भएको हो । तर जे जस्तो भए पनि यति बेला खेलाडी पानी पानी भन्दै रंगशाला चर्हादै छन भने जिल्ला खेलकुदले भाडामा दिएको क्यान्टीन बाट मंहगो मिनरल वाटर किनेर पानी पिउन र प्रयोग गर्न बाध्य छन ।

तस्विरहरु- सुदर्शन रञ्‍जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button