समाचारकक्ष
साउन २७, पोखरा
विदेशी गाडीमात्र भित्र्याएर संख्या बढाउँदा सडक अभाव हुने र यातायात व्यावसाय नै भद्रगोल हुने पोखराका व्यावसायीहरुले दाबी गरेका छन। पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४५ औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा बुधबार बोल्ने पोखराका व्यावसायीहरुले सरकारले यातयात क्षेत्रको समस्या नबुझेको गुनासो गर्दै आवश्यकता भन्दा बढी गाडी भित्राउदा यातयात क्षेत्र भद्रगोल हुने दाबी गरेका हुन ।
कम्पनी गठन गरी ५ वटा भन्दा बढी बस आयात गरेमा ९५ प्रतिशतसम्म भन्सार छुट दिने सरकारको नीतिप्रति व्यवसायीले विरोध समेत गरेका छन । यातायातको संख्या बढाउन भन्दा पनि पुराना सवारीलाई बिस्थापन गर्ने नीति सरकारले लिनुपर्ने पोखरेली व्यावसायीहरुको जोडदार माग रहेको छ ।
राष्ट्रिय यातायात व्यावसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले अहिलेसम्म बनेका कुनैपनि सरकारले यातायात व्यवसायीको समस्या बुझ्न नसकेको गुनासो गरे । उनले भने “यातयात क्षेत्रलाई राजनिती दलहरुले समेत राम्रोसंग बुझेका छैनन, त्यसैले यो सरकारको प्राथामिकतामा नपरेको हो । ” पटक पटक प्रधानमन्त्रीलाई भेटेर यातायात व्यवसायीको समस्याका बारेमा लिखित रुपमा जानकारी गराउँदा पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले जनाए । कम्पनी दर्ता गरेर सार्वजनिक बस ल्याउँदा ९५ प्रतिशतसम्म छुट दिने सरकारी नीति यातायात व्यवसायलाई सिध्याउने खेलका सरकार लागेको उनले जनाए । महासंघका महासचिव पूण्यप्रसाद सिटौला ‘सरोज’ ले देशमा सार्वजनिक यातायात सञ्चालन गरेर देखाउन सरकारलाई चुनौति दिए ।
संघका अध्यक्ष ऐनकुमार साईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी, गण्डकी धौलागिरि सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधान, नारायणी बस व्यवसायी समिति हेटौंडाका अध्यक्ष बद्री चौलागाइँ, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिमान खरेल, नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, नेकपा एमालेका सचिवालय सदस्य युवराज पौडेल, एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल, विप्लव नेतृत्वको माओवादीका मध्य कमाण्ड इन्चार्ज कुमार विक, स्वतन्त्र मजदुर संघ कास्कीका अध्यक्ष विष्णु खत्री, मजदुर संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, अखिल नेपाल मजदुर संघ कास्कीका अध्यक्ष सूर्यमणि लामिछाने, संघका महासचिव योगेन्द्र बहादुर
केसी लगायतले यातयात क्षेत्रको बारेमा चर्चा गर्दै पोखरामा तत्काल बसपार्क आवश्यक भएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution