पोखरामा पनि विभिन्न कार्यक्रम गरी विश्व अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

  • पोखरा न्यूज
  • २०७२ श्रावण २७
Post Thumbnail

दिननाथ बराल
पोखरा २७, साउन
अगष्ट १२ तारिख अर्थात विश्व अन्तर्राष्ट्रिय युवा दिवस । यस अवसरमा देशी भरी विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ भने पोखरामा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।  सशस्त्र प्रहरी वल (एपिएफ) कालिका गण मालेपाटन पोखराका किरणसिंह वोगटीले बुधबार पोखरामा आयोजना भएको ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि जितेका छन ।वोगटीले निर्धारित दुरी १७ मिनेट ५४ सेकेण्डमा पारी गरी पहिलो पटक उक्त उपाधि जितेका हुन । उनले उपाधि सहित ८ हजार नगद पुरस्कार प्राप्त गरे । गोर्खाका अनुप खनालले उक्त दुरी १८ मिनेट ५ सेकेण्डमा पार गरी दोश्रो हुदा गोर्खाकै आर्यान बस्नेतले १८ मिनेट ८ सेकेण्डमा दुरी पार गरी तेश्रो भएका हुन । उपविजेताले ५ हजार र तेश्रो भएका बस्नेतले ३ हजार साथमा मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा १० औं स्थानसम्म हासिल गरेका खेलाडीलाई जनहि एक एक हजार प्रदान गरीएको थियो । प्रतियोगितामा चौथो विजय थापा मगर, पाँचौंमा सविन गुरुङ, छैटौंमा राजन राना, सातौंमा अमिनवम सिंह, आठौंमा श्रीमान थापा, नवौंमा गोपाल क्षेत्री र दशौं स्थानमा एकप्रसाद गुरुङ आएको नेपाल फिजीकल फिट्नेस ट्रेनिङ एशोसियसन पोखराका अध्यक्ष गजबहादुर गुरुङले बताए ।

विजयी खेलाडीहरुलाई क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन । नमुना युवा सुचना केन्द्र कास्की र नेपाल फिजीकल फिट्नेस ट्रेनिङ एशोसियसन पोखराको आयोजनामा संचालन भएको प्रतियोगितामा १९ जिल्लाका एक सय ६५ जना सहभागि भएको केन्द्र कास्कीका प्रमुख प्रकाश बरालले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस