एमाओवादीद्द्वारा कास्कीका पहिरो पीडितलाई राहत

  • पोखरा न्यूज
  • २०७२ श्रावण २६
Post Thumbnail

पोखरा, २६ साउन

एकीकृत नेकपा माओवादीले कास्कीको लुम्ले र भदौरेतामागीका पहिरो पीडितलाई राहत प्रदान गरेको छ । एमाओवादी नेता खिमलाल देवकोटाको नेतृत्वमा काठमाडौंमा र कास्कीमा केही एमाओवादी नेताहरुबाट संकलन गरिएको रकम मंगलवार पहिरो प्रभावित क्षेत्रमै गएर लुम्लेका ८ र भदौरेतामागीका ९ मृतक परिवारलाई जनही १० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका देवकोटाको नेतृत्वमा गएको टोलीले लुम्लेमा मृतक गुरुदत्त देवकोटा, पद्मी देवकोटा, शिवहरी देवकोटा, सुनकुमारी जिसी, वसन्त विक, छिरिङ शेर्पा, ईन्द्रप्रसाद देवकोटा र पार्वती देवकोटाका परिवारलाई राहत वितरण गरेको थियो ।

त्यस्तै, भदौरेतामागीमा नन्दकली पराजुली, गौरी पराजुली, करण पराजुली, समीर पराजुली, विश्व पराजुली, किस्मत विक, प्रकाश सुनार, प्रेमराज दहाल र तारापति दहालको परिवारलाई राहत वितरण गरिएको थियो । दुवै ठाउँमा एमाओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले राहत हस्तान्तरण गरेका थिए ।

राहत वितरणका क्रममा लुम्लेमा बोल्दै देवकोटाले भुकम्पका कारण लुम्ले र भदौरेको घट्ना ओझेलमा परेको बताए । उनले भने,–‘भुकम्प नगएको भए सम्पूर्ण देश यहि घट्नामा केन्द्रीत हुन्थ्यो, तर भुकम्पले गर्दा त्यसो हुन सकेन ।’ उनले पहिरो गएको आफूले त्यस दिन विहान ३ बजे नै थाहा पाएको र त्यसलगत्तैदेखी आफूले उद्धार र राहतका लागि हरसम्भव प्रयास गरेको बताए । देवकोटाले पहिरो गएको भग्नावशेषलाई अब तारजालीले बाँधेर थप क्षेति हुन नदिनेगरी बलियो बनाउनुपर्ने बताए । त्यसका लागि आफूले पहल गरिरहेको पनि उनले प्रष्ट्याए ।

भदौरेतामागीमा बोल्दै उनले बिस्थापितलाई पुर्नवाससहित व्यवस्थित बस्तिका लागि पहल गर्ने आश्वासन दिए । उनले खहरेखोलमा पुल निर्माणको लागि पनि आफूले सरोकारवाला निकायमा दवाब दिनुका साथै संसदमा कुरा राख्ने बताए ।
घट्ना सम्बन्धि कविता सुन्दा पीडित भक्कानिए

लुम्लेको कार्यक्रममा स्थानिय रामवहादुर विक (घोताने)ले लुम्ले र भदौरेको घट्ना सम्बन्धि यथार्थपरक कविता तिजे गीत शैलीमा सुनाउँदा पहिरो पीडित परिवार भक्कानिएका थिए ।

तेह्रौं दिनको पून्य तिथीको विधि चलिरहँदा राहत ग्रहण गर्न पुगेका उनीहरु कविता सुनेर भाव विह्वल भएका हुन् । उनीहरुलाई स्थानिय सहयोगीले सम्हाल्नु परेको थियो ।

लुम्लेका पहिरो पीडितलाई पुर्नवासका लागि एमाओवादी नेता खिमलालले जग्गा दिने

यसैबीच, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले लुम्लेका पीडित परिवारलाई आफ्नो जग्गामा पुर्नवास गराउने भएका छन् । लुम्ले पीडितलाई एमाओवादीको तर्फबाट राहत वितरणपछि स्थानियबासीसँगको कुराकानीमा उनले पहिरोले घर भत्किएका सबै १५ वटै घर–परिवारलाई आफ्नो करीब साढे ३ रोपनी जग्गामा पुर्नवास गराउने घोषणा गरेका हुन् । उनले पुर्नवासका लागि प्रदान गरेको जग्गा पहिरो गएको भन्दा झण्डै ५ सय मिटर उत्तरमा पर्दछ । सो जग्गा देवकोटाको पूख्र्यौली सम्पती हो भने उनको जन्मथलो पनि हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस