दिननाथ बराल
पोखरा, ३२ साउन
पर्यटनको मन्दीको बाबजुत पनि पोखरामा नयाँ तथा गुणस्तरका होटलहरु निमार्ण हुने क्रम जारी रहेको छ । यसै क्रममा ३२ करोडको लागतमा पोखराको लेकसाईडमा ग्लासीयर होटल एण्ड स्पाः (वुटिक होटल) संचालनमा आउने अन्तिम तयारी भएको छ ।
उक्त होटलमा हस्तकलाबाट सजिएको छ । स्वदेशी ढुंगा र कुदेको काठबाट होटलको लागतको मुल्य मध्य करीब ३५ प्रतिशत जसो यस क्षेत्रमा लगानी भएको प्रवन्ध निर्देशक राजेन्द्र ढकालले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण हुने भएकोले पोखरा आएका पर्यटकलाई गुणस्तरीय सेवा दिने उद्धेश्यले आफुहरुले उक्त होटलमा ठुलो लगानी गरी नयाँ स्वाद दिन लागेको प्रवन्ध निर्देशक राजेन्द्र ढकालले बताए । आगामी सेप्टेम्बर देखि होटलको रुमहरु संचालन गर्ने तयारी गरे पनि हाल वार र क्याफे भने संचालनमा ल्याएको उनले बताए । जुनियर सुईट, सुपरीयर डिलक्स र हनिमुन गरी तीन प्रकारका रुमहरु होटलमा उपलब्ध भएको जेनेरल म्यानेजर अरण पुरीले बताए । उनका अनुसार २ सय डलर देखि ३ सय डलरसम्म प्रति रुमको शुल्क रहेको छ । मेडिटेसन खानाको ४ सय देखि २ हजार २ सय सम्मको शुल्कः लाग्ने भएको पुरीले बताए ।
यसमा नेपालीलाई भने बिषेश छुट गरी ७ हजार ५ सय देखि १२ हजारसम्मको शुल्क लाग्ने गर्दछ । भदौको पहिलो हप्तादेखि २ सय ८५ जना क्षेमताको दुई वटा रेष्टुरेण्ट र एउटा वार संचालनमा आउने भएको छ । अन्तराषर््िट्र खानाको परिकार आवश्यकता मेडिटेरीयन खाना उपलब्ध गाउने भएको उनले जनाए । मनोरन्जनमा निस्कने आन्तरीक पर्यटक तथा विदेशी पर्यटकलाई लक्षित गरीएको ढकालले जनाए । होटलमा विश्व प्रसिद्ध खानाको लागि अष्ट्रेलीयाबाट सेफ समेत आफुहरुले झिकाएको बताए । चाईनाको गोन्जाउका चर्चीत केहि होटलहरुमा समेत खानाको परिकारहरु स्थापित गरेका अष्ट्रेलीयन सेफ लिन सेजेविसले पोखरामा पनि अन्तराष्ट्रिय खानाको परिकार समेत स्थापित गर्न लागेको ढकालले बताए । अष्ट्रेलीयन सेफ लिनले ३ रोपनी क्षेत्रफलमा होटल तथा रेष्टुरेण्ट एवं क्याफेको लागि आवश्यक पर्ने हट्सको लागि फलफुल तरकारी उत्पादन गर्ने गरेका छन ।
विगत ८ महिना देखि पोखरा आएका सेफ लिनलाई होटलले दुई बर्षको लागि पहिलो चरणमा कन्ट्याकमा लिएको प्रवन्ध निर्देशक ढकालले जनाए । अष्ट्रेलीया हुदै १२ बर्ष चाइनामा सेफको काम गरेको अनुभवले गर्दा उनी धेरै देशका खानाको बारेमा जानकार छन । अष्ट्रेलीयन सेफ लिनले भने “म केहि समय अघि पोखरा आएको थिए, मलाई पोखरा निकै मन पर्छ, अनलाईनमा पोखरामा सेफ आवश्यकता भएको खबर पाए पछि मैले फलो गर्दा सेफमा काम गर्न इृच्छा जनाए पछि हाल पोखराको ग्लासीयरमा काम गर्ने अवसर पाएको हुँ ।” पोखराको जिवनशैलि र यहाँको वातावरणले गर्दा मलाई निकै प्रभाव पार्यो त्यसैले गर्दा मैले पनि पोखरामा केही बर्ष काम गर्ने योजना बनाएको हुँ ।
अष्ट्रेलियन सेफसहितका ८० जना कर्मचारीलाई अन्तराष्ट्रिय स्तरकै सेवा सुविधा दिने भएको प्रवन्ध निर्देशक ढकालले जनाए । अध्ययनको क्रममा जापान, फ्रन्समा होटल व्याबस्थापन सम्बन्धि कोर्ष गरेका ढकालसंग दुई दशकदेखि होटल क्षेत्रमा काम गरेको अनुभव छ । सन २००४ देखि १५ रुमबाट होटल सेवा सुरु गरेका उनले हाल ४५ रुम सहितको पाँच तारे होटल बराबरको सेवा दिने उनले दाबी गरे । खानाको परिकार खाने थालको रुपमा भने कुदेर विभिन्न आकारका ढुंगामा थालको रुपमा प्रयोग गरीदै छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution