लायन्स डिष्ट्रिक्टद्वारा तीन वटा एम्बुलेन्स हस्तान्तरण

दिननाथ बराल
पोखरा १८, साउन :
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालले तीन वटा एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको छ । बाग्मती, गण्डकी र धौलागिरी क्षेत्रका लागी उक्त एम्बुलेन्स सेवा हस्तान्तरण गरेको हो ।

आयाम इन्टरकन्टीनेण्टल प्रा। लि। को विषेश पहलमा भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडबाट राहत स्वरुप तीनै वटा एम्बुलेन्स प्राप्त भएको लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका बर्ष २०१५÷ १६ का डिष्ट्रिक्ट गभर्नर लायन ध्रुब थापाले बताए । फोर्स मोटर्सले निमार्ण गरेको करिब एक करोड मुल्य पर्ने उक्त एम्बुलेन्सहरु कच्ची, ग्रामीण साथै साँगुरा सडकहरुमा सजिलै जान सक्ने किसिमको भएको थापाले बताए । उक्त एम्बुलेन्स आधुनिक यन्त्र जडित सुविधा सम्पन्न भएको रहेको उनले जनाए ।

डिष्ट्रिक्ट गभर्नर लायन ध्रुब थापाले नेपालमा गएको महाभूकम्पक प्रभावित जनताको राहत स्वरुप भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडबाट प्राप्त यी एम्बुलेन्सबाट धेरैले सहज स्वास्थ्य उपचार पाउने विश्वास व्यक्त गरे । लायन थापा पिएमसिसि द्धय लायन दिपक श्रेष्ठ र लायन प्रेम बहादुर श्रेष्ठ, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन बालकृष्ण बुर्लाकोटी, द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्य, क्रम डिष्ट्रिक सेक्रेटरी लायन विशेश्वर आचार्य, डिष्ट्रिक कोषाध्यक्ष लायन प्रजापती बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, लगाएतले संयूक्त रुपमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्स संचालनको जिम्मेवारी पाएका क्लबहरु बाग्मती क्षेत्रका लागि लायन्स क्लव अफ काठमाडौं गोंगवु, सामाखुसी, मिर्मिरे, जागृति, भृकुटी लगाएत पाँच ओटा क्लबको तर्फबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन बालकृष्ण बुर्लाकोटी र पिआरओ इन चिफ लायन मन ब। रोका, गण्डकी क्षेत्रका लागि लायन्स क्लव अफ पोखरा पंचासे चौतारीका अध्यक्ष लायन लक्ष्मी प्रसाद पौडेल, धौलागिरी क्षेत्रका लागि लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष लायन कुवेर श्रेष्ठ र डिष्ट्रिक्ट एड्भाइजर लायन चन्द्र कुमार केसीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरीएको हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button