पोखरा, श्रावण २३ :
नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा भएको छ । प्रत्येक बर्ष
राष्ट्रिय संघहरुले आफ्नो बार्षिक गतिविधीलाई प्रस्तुत गर्ने क्रममा यो साधारण
सभा आयोजना गरिएको हो ।
साधारण सभामा महासचिव दीपराज गुुरुङले बार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै
जिल्लाका प्रतिनिधीहरुले आफना जिल्लाको प्रतिवेदन पेश गर्नुका साथै महासचिवको
प्रतिवेदनमा छलफल गरेका थिए । राष्ट्र संघियता तर्फ अग्रसर भएकोले संघको
संरचनालाई पनि त्यहि अनुरुप लैजानु पर्ने भएकोले क्षेत्रिय अवधारणालाई अगाडी
बढाउनेबारे छलफल हुने उपाध्यक्ष हरिश्वर पोखरेलले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले साधारण सभाको पानसमा
द्विप प्रज्वलन गरि उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले अव राष्ट्रलार्ई एभरेष्ट र बुद्धको देशको
रुपमा नभई खेल र खेलाडी उत्पादन गर्ने देशको रुपमा चिनाउनु पर्ने बताए । उनले
जुन खेलमा आकर्षण हुन्छ त्यही खेलमा विभिन्न वाधा अड्चन आउछ भन्दै विभाजित
संघहरुलाई एकृकित गर्न आफु दृढ रहेको बताए । खेलकुद पर्यटन र अर्थतन्त्रको आधार
बन्न सक्ने तर्फ इंगित गर्दै उनले यस्तो सम्भावना बोकेको खेललाई सवै जात, जाती,
धर्म र वर्गको रोजाईको बनाउन सवै लाग्नु पर्ने बताए । विश्वलाई एक सुत्रमा
बाँध्ने खेललाई अन्तराष्ट्रिय क्षेत्रमा तेक्वान्दो खेलमार्फत पहिचान बनाउन सुझाए ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणाले स्वागत मन्तव्य व्यक्त गरेको
कार्यक्रममा महासचिव दीपराज गुरुङले स्वार्थ र व्यक्तिबादी सोचका कारण खेलकुद अझ
तेक्वान्दोलाई धाराशाही पार्न नेतृत्व लागि परको आरोप लगाए । उनले तेक्वान्दो
खेल र खेलाडीको विकासमा सदा लागी पर्ने भन्दै पदक हासिल गर्न सक्ने खेललाई
बर्गिकरण गरी खेलको विकास गर्न नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रमलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने,
राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए
।
८विश्वकिकबक्सीङ च्याम्पीयनसिपको छनोट चरणमा आरतिलाई स्वर्ण ८
पुने । भारतको पुनेमाआयोजनाभइरहेको वाको एशियनकिकबक्सिङच्याम्पियनसिप
२०१५मानेपालकीआरतितामाङले स्वर्गा पदकहातपारेकी छिन् । ५० के।जीतौल समुहअन्तर्गत
स्कोर फाइटिङ विधाअन्तर्गत उनले भारतकीप्रितिशिंहलाई ९१०–६० ले पराजितगर्दै
स्वर्ण पदकहातपारेकीहुन् ।
आरतिले शूरुवात खरावप्रदर्शन गरेतापनिउत्कृष्ट पुनरागमनगर्दै खेल फर्कीएकीथिइन्
।यसविधाकै५५ के।जीतौल समुहको फाइनल चरणमा बिन्दा नेपालीभारतकीदिप्तीअग्रवालसग
४–१० ले पराजितभइन् ।हारसगै बिन्दाले रजतपदकमाचित्तबुझाइन् ।
त्यस्तै शुक्रबार सम्मको छनोट चरणको खेलमा नेपालले कुलकुलएक स्वर्ण,दुई रजत र
सातकास्यपदकहातपारेको छ । जसअन्तर्गतस्कोर फाइटिङको ५५ के।जीतौल समुहमाबिन्दा
नेपाली र रिजन थापा मगरले ६० के।जीतौल समुहमा रजतपदकजितिन् । रिङ फाइटिङ
तर्फ सन्तोष खड्का९८१ के।जी०,रुद्र लिम्बू९८६ के।जी० र बिलबहादुर तामाङ९५४
के।जी०तौल समुहमाकास्यपदकहातपारे ।
पूरुषको लाइट कन्ट्याक्ट तर्फको खेलमारामकृष्ण राउत९६९ के।जी०तथाविवेक लामा९५७
के।जी० र स्कोर फाइटिङतर्फ भनेबिवसले दवाडी९७४ के।जी०तौल
समुहमाकास्यपदकहातपारेकाथिए । प्रतियोगितामाकास्यपदकहातपार्ने खेलाडीले
सेमीफाइनलमा पराजय बेहोर्दै फाइनल चरणको यात्रा टुङ्ग्याएकाथिए ।
यस प्रतियोगितासन् २०१७मापेरुमाहुने विश्वकिकबक्सीङ च्याम्पीयनसिपको छनोट चरण
समेतहो ।शनिबार महिलाकोतर्फ किक लाइटमा विन्दा नेपालीबाइपाउदैफाइनलमाप्रवेश
गरेकी छिन् ।
नेपालबक्सीङसघंका महासचिवएवम् प्रशिक्षकदिपकश्रेष्ठले बाकी रहेको एक खेलमास्वर्ण
जित्ने लक्ष्यका साथ अगाडी बढेको बताउनु भयो । उहाले नेपाली खेलाडीको प्रदर्शन
मध्यमखालकै भएको बताउनुभयो । । पुर्व शसस्त्र प्रहरी बल प्रमुखएवम् एफिसियल
शैलेन्द्र कुमार श्रेष्ठले सिमितश्रोत र साधानको बाबजुतपनि नेपालको खेलाडीको
प्रदर्शन उच्च रहेको जानकारी दिनुभयो ।
यस प्रतियोगितामानेपालकापाच निर्णायकराजनभुजेल, तेज बहादुर बस्नेत,राजू सिंह
बाजीकों,रमेश नेपालीलगायतल निर्णायकको भुमीकानिर्भाह गरेका छन्। सन् २०१७मा
पेरुमाहुनेविश्वच्याम्पियनसिपको छनोट चरण समेत रहेको यस प्रतियोगितामा ३२
राष्ट्रले सहभागीताजनाएका छन् । यस प्रतियोगिताआइतबार सम्पन्नहुने कार्यक्रम रहेको
प्रशिक्षकएवम् एसियन रेफ्रीराजनभुजेलले बताउनु भयो ।