दिननाथ बराल
पोखरा ११, भदौ :
नर्सको शोषण बिरुद्ध शनिबार पोखरामा शान्ति पदयात्रा सहित अन्तरकृया कार्यक्रम हुने भएको छ । नर्सको भोलेन्टरको नाममा निशुल्कः काममा लगाने, नियुत्ति पत्र नदिने, लामो समयसम्म रहदा सम्म स्थायी नगर्ने, रोजगारीको सुरक्षा प्रत्याभुति नहुने लगायतका समस्यामा रहेका नर्सको शोषण बिरुद्ध पोखरामा शनिबार उक्त कार्यक्रमको आयोजना गर्न लागिएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
शनिबार बिहान ११ बजे पोखराको विपि चोकबाट सुरु हुने शान्ति पदयात्रा महेन्द्रपुल, रानीपौवा हुदै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुगेर अन्तरकृया कार्यक्रममा परिणत हुने भएको नर्सिङ संघका आजिवन सदस्य जिता बरालले बताईन ।
नर्सहरुको मुद्धा लियर विराटनगरबाट सुरु भएको कार्यक्रम पोखरा सहित अन्य क्षेत्रमा गर्दै जाने भएको भ्रष्टचार बिरुद्ध अभियानका अध्यक्ष पारुल क्षेत्रीले बताए । उनले भने “अधिकाशं हस्पिटलहरुले अवैधानिक रुपमा भोलेन्टरको नाममा नर्सहरुको श्रम सोसण भएको छ, उनीहरुको उचिज ज्यालाको लागि हामी निरन्तर लड्ने छौं । ”
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution