दिननाथ बराल
पोखरा १३, भदौ :
कास्की सार्दिखोला गाविसको पर्यटकीय स्थल खारापानी तातोपानी पर्यटकहरुको गतिविधिहरु बढाउन एक करोड ७० लाख रुपैयाको लागतमा भौतिक संरचना निमार्ण गर्ने योजना बनाईएको छ । २०६९ वैशाख २३ गते सेतीनदीमा आएको विनाशकारी सेतीबाढीले खानापानी सहितको क्षेत्रमा ठुलो जनधनको क्षेति पुराएर हाल पर्यटकहरुको गतिविधिहरु प्राय शुन्यजस्तो भएकोले पहिलाकै अबस्थामा पर्यटनको गतिविधि बढाउने उद्धेश्यले उक्त बजेट बराबरको योजना बनाईएको खानापानी तातोपानी पुनः निमार्ण तथा संरक्षण समितिका अध्यक्ष बमहादुर गुरुङले बताए ।
सेतीबाढीले ३१ जनाको मृत्यु भएको छ भने २८ जना अझै वेपक्ता भएका छन । सेतिबाढीले गर्दा करोडौंको क्षेति भएको थियो । पोखराको रेडियो अन्नपुर्ण ९३.४ मेगाहर्जले स्थापना गरेको अन्नपुर्ण राहतकोषबाट वचट भएको १५ लाख १४ हजार ८ सय ६७ रुपैया स्मृति पार्क निमार्ण गर्न सहयोग प्रदान गरेको थियो । रेडियो अन्नपूर्णको आर्थिक सहयोग र सार्दिखोला पोखरा सम्पर्क समितिको व्याबस्थापनमा सेतीनदी स्मृति पार्कको केहि काम भएको खानापानी तातोपानी पुनः निमार्ण तथा संरक्षण समितिका अध्यक्ष बमहादुर गुरुङले बताए ।
कम्पाउण्डीङ गर्दा र स्मृति स्तम्भ निमार्ण गर्न रेडियोबाट प्राप्त रकम खर्च भएको गुरुङले बताए । उनका अनुसार करीब ३० रोपनी क्षेत्रफलमा तारवार सहित कम्पाउण्डीङ गरीएको छ । दाता तथा सरकारी निकायबाट उक्त बजेटको भौतिक संरचना जति सक्दो छिटो निमार्ण गर्ने आफनो योजना भएको अध्यक्ष गुरुङले जनाए ।
खारापानी तातोपानी पर्यटकहरुको आमगन बढाउन गार्डेन सहितको स्मृति पार्क निमार्ण गर्ने, तातोपानी कुण्ड स्थापना स्थापना गर्ने, कुण्ड संरक्षणको लागि नदी किनारामातारजाली लगाउने, पर्यटकहरुलाई खाना बस्नाको लागि अस्थायी कटेजहरु निमार्ण गर्नेलगायतका भौतिक संरचनाको लागि एक करोड ७० लाखको बजेट आवश्यक भएको समितिकाअध्यक्ष गुरुङले बताए । उक्त योजना अनुसार सरकारी निकायबाट आर्थिक सहयोग आवश्यकभएकोले हालसम्म खासै रकम उपलब्ध नभएकोले यसमा सहयोग गर्न सम्पुर्ण दाताहरुमा आह्वान गरेका छन ।
उनले भने “हामीले पर्यटकहरुको गतिविधि बढाउने गरी सो क्षेत्रमाधेरै काम गर्दै छौं, यदी कुनै दाताले आफ्ना आफन्तको स्मृतिमा कुनै भौतिक संरचना निमार्ण गर्न चाहेमा मेरो मोवाईल नम्बर ९८५६०२५०२८ मा सम्पर्क गर्नसक्नु हुन्छ ।” वातावरण मैत्री कार्यक्रमले गाविस मार्फत पछिल्लो क्रममा ३ लाख रुपैया प्राप्त भएको अध्यक्ष गुरुङले जनाए । उक्त रकमले स्मृति पार्कमा मञ्च स्थापना गरीने भएको उनले बताए । हिउदको समयमा तातोपानीमा नुहाउन पोखरा आसपासका स्थानीयहरुदैनिक जसो २०÷२५ जना जाने गरेका थिए भने हाल वर्खायाम सुरु भएकोले सो क्रम रोकिएको छ । हाडजोर्नि, छालासम्बन्धि लगायतका बिरामीहरु तातोपानीमा बस्ने गर्दछन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution