स्थानीय निकाय मौन बस्दा लेकसाईडमा गगनचुली भवन बन्ने क्रम रोकिएन

पोखरा २३, भदौ :
स्थानीय निकाय मौन बस्दा पोखरामा मापदण्ड विपरितका गगनचुली भवनहरु निमार्ण कार्य भईरहेको छ । स्थानायि निकायको फितलो अनुगमन तथा कार्रवाही गर्ना नसकेको कारणले गर्दा पोखरा क्षेत्रमा अस्त व्यस्त रुपमा गगनचुली भवनहरु निणर्णको कार्य नरोकिएको स्थानीयहरुले गुनासो गरेका छन।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले गर्दा सरकारले घर तथा भवनको मापदण्ड ल्याएसंगै यहाँका व्यावसायीहरुले रातारात गगनचुली भवन बनाउन व्यत्त रहेको देखिएको छ । नगरपालीकाले कडाईका साथ मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन संचालकहरुलाई कार्रवाही गर्न नसकेको कारणले गर्दा प्रायः गरी लेकसाईड क्षेत्रमा गगनचुली घर तथा भवनको निमार्ण कार्य नरोकिएको स्थानीय गणेश ढकालले बताए ।
पोेखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा २ तले वा २४ फिट उचाई सम्मका घर तथा भवन बनाउन पाउने मापदण्ड भए पनि हाल ७÷८ तला पक्की भवन बनी रहदा नगरपालीकाले टुलुटुलु हेरेर बसेको छ । फेवातालबाट ६५ मिटर छेउछाउमा घर तथा भवन बनाउन नपाउने, सडकदेखि छाड्नु पर्ने मापदण्ड र उचाइको मापदण्ड विपरित पोखराको लेकसाईडमा अस्त व्यस्त रुपमा भवनहरु निमार्ण हुने क्रम नरोकिएको स्थानीय व्यावसायीहरुले गुनासो गरेका छन।

यस बिषयमा भने पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत उदय बहादुर रानाले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनको निमार्ण कार्य रोक्न खोज्दा खोल्दै व्यावसायीहरुले अटेर गरेको बताए।
यस पालीको भूकम्पले गर्दा धेरैको मनै हल्लाएको अबस्थामा पोखराका केहि व्यक्तिहरुको स्वार्थले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनहरु तत्काल रोक्नु पर्ने स्थानीय गणेश ढकालले बताए । उनले भने “प्रायः गरी पोखरा बाहिरिबाट आएका केहि व्यक्तिहरुले पोखराको स्वरुप नै विगार्ने गरी गगनचुली भवन बनाउदै छन, जसले गर्दा पोखराबाट देखिने हिमश्रृखला छेकिएको छ भने अर्को तर्फ भूकम्पीय दृष्टिले जोखिममा हामी परेका छौं ।” सरोकारवाला निकायको लाचारी पनका कारण पोखराको स्वरुप नै विगार्ने गरी गगनचुली भवन बन्ने क्रम नरोकिएको उनले दाबी गरे । पोखराको लेकसाईडमा ७ तले भवन निमार्णको अन्तिम चरणमा पुराएका एक व्यावसायी भिमसेन भुजेलले समयसापेक्ष भवन उचाई नभएको भन्दै आफुहरुले प्राविधिकहरुको टोलीसंग सल्लाह सुझावले नै ७ तले भवन निमार्ण गरेको बताए । जग्गाको भौगोलिक अबस्था अनुसार भवन निमार्ण गर्न दिनु पर्ने उनी जस्तै अन्य गगनचुली भवन बनाउनेहरुको माग रहेको छ ।

पोखरा उपमहानगरपालीका कार्यालयका प्रमुख ईन्जिनियर सारदा मोहन काफ्लेले आफुहरुलाई केहि व्यक्ति तथा संस्थाहरुले हटेर गरेको बताए । उनले भने “हामीले एउटैको ३÷४ पटक सम्म मापदण्ड विपरितको भवन बनाउन लागेको भन्दै सामान उठाउदा पनि उनीहरुले भवन निमार्ण कार्य रोकेनन ।” उनका अनुसार पोखरा क्षेत्रमा उचाईको मापदण्ड विपरितका मात्र करीब ५ हजार घर तथा भवनहरु रहेका छन । पोखरा ६ लेकसाईड र पोखरा १७ मा २ तला तथा २४ फिटसम्मको भवन बनाउन पाउने प्राब्धान रहेको छ भने अन्य वडामा ३ तले अर्थात ३५ फिटसम्म उचाइका घर तथा भवनहरु बनाउन पाईने नियम रहेको छ ।

पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले २०३२ सालमा निमार्ण भएको घर तथा भवनको उचाइको मापदण्ड बैज्ञानिक तथा समय सापेक्ष नभएको बताए । उनले भने “यदी कसैले उजुरी गरेको खण्डमा हामी कार्रवाही प्रकृया अघि बढाउछौं ।” नक्सापास र घर तथा भवन निमार्णको प्रमाणपत्र दिने निकाय नगरपालीका भएकोले यसमा नगरपालीकाको बढी भुमिका हुनुपर्ने बताए। नगरपालीकामा कार्यरत अधिकाशं प्राविधिकहरु बाहिर कन्सल्टेन्सीमा समेत रहेकोले मापदण्डका बिषयलाइ कडाई रुपमा अघि बढाउ नसकिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button