पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

पोखरा, २८ भदौ:

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा सोमबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

संस्थाको १९ औ वार्षिकोत्सवमा हरितालिका तीज महोत्सवको अवसर पारी चौथो राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टीम सहभागी छन् ।  प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उद्घाटन गरे ।

मंगलबार एपीएफले २ खेलमा जित हात पा¥यो । पहिलो खेलमा एपीएफले रुपन्देहीलाई सोझो सेटमा पराजित ग¥यो । एपीएफले २५–३, २५–१० र २५–९ को स्कोरमा रुपन्देहीलाई हराएको हो  । खेलमा एपीएफकी सरस्वती चौधरी वुमन अफ दी म्याच भइन् । त्यस्तै पश्चिमाञ्चलसँगको अर्को खेलमा उसले २५–१९, २५–१७ र २५–१४ को सोझो सेटमा नजिता आफ्नो पक्षमा पा¥यो । खेलमा एपीएफकी रेश्मा भण्डारी वुमन अफ दी म्याच बनिन् ।

अर्को खेलमा मध्यमाञ्चल प्रतियोगितामा सहभागी नहुँदा नेपाल आर्मीले वाकओभर पायो भने चौथो तथा अन्तिम खेलमा न्यू डायमण्डले ३–१ को सेटमा नेपाल आर्मीको चुनौती समाप्त पा¥यो । न्यू डायमण्डले आर्मीसँगको खेलमा २५–२०, २१–२५, २५–१२ र २५–२२ को स्कोर खडा गरेको थियो । खेलमा न्यू डायमण्डकी प्रतिभा माली वुमन अफ दी म्याच घोषित भइन् । मंगलबार बिहान पश्चिमाञ्चल र रुपन्देहीबीच पहिलो चरणको खेल हुने खेलसंयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार तथा उत्कृष्ट खेलाडी लगायत विधागत पुरस्कार दिइनेछ । आयोजकले प्याराफिट निर्माण गरी सशुल्क खेल हेर्ने व्यवस्था मिलाएको छ ।

उता, अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ । खेलमा ८ टिम सहभागी छन् । पहिलो दिनको खेलमा टप्सले कुमुदीनीलाई पराजित ग¥यो भने भाष्करले सिर्जना उच्च माविको चुनौती पन्छायो । त्यस्तै छोरेपाटन उच्च माविले सान फ्रान्सिस्कोलाई पराजित ग¥यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button