पोखरा ६, असोज:
पोखरा ट्याक्सी व्यवसायी समितिको कार्यालयमा तोडफोड भएको छ । ट्याक्सी चालकहरु बिच पोखरामा जारी सेभेन ए सार्ईड फुटवल प्रतियोगिताको बिषययलाई लियर केहि युवाहरुले कार्यालयमा बुधबार तोडफोड गरेको समितिका अध्यक्ष गान्दीराज गिरीले बताए ।
उनका अनुसार तोडफोडबाट कार्यालयका झ्यालका सिसा फुटेका छन भने दुई वटा कुर्सी भाचिएका छन भने गमलाहरु समेत फुटाइएको छ । समितिको कार्यालयमा एका एक तोडफोड भए पछि भाग दौडमा परी समितिका सदस्य गुण्डाराज श्रेष्ठ (मिन) घाईते भएका छन । भाग दौडमा परी उनको खुट्टा भाचिएको बताइन्छ ।
टुडिखेल हेमजा ट्याक्सी इकाइको आयोजनामा पोखरामा जारी सेभेन ए सार्ईड फुटवल प्रतियोगितामा भद्रकालि ट्याक्सी ईकाई र हस्पिटल ट्याक्सी इृकाइ समिति विचको खेलमा उजुरी परे पछि उत्पन्न भएको बिबादले गर्दा कार्यालयमा तोडफोड भएको हो । हस्पिटलचोकले भद्रकालि ट्याक्सी ईकाई बिरुद्ध उजुरी हालेको थियो भने उक्त उजुरी उपर कार्रवाहीमा परेको भद्रकाली ट्याक्सी इकाईका केहि चालकहरुले कार्यालयमा तोडफोड गरेको हुन सक्ने कार्यालयले जनाएको छ । यस बिषयमा कार्यालयमा तोडफोड गर्ने व्यक्तिको नाम पहिचान भएको खण्डमा आफुहरुले कार्रवाही गर्ने भएको समितिका अध्यक्ष गिरीले जनाए ।
उक्त घटनाको बिषयलाई लियर अनुसन्धानको लागि ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रकालि ट्याक्सी इकाई सचिव पुर्ण बहादुर जिसि, संयोजक श्रीप्रसाद गुरुङ लगायत रहेको बताईन्छ । उक्त घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भई रहेको कास्की प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution