बिश्व पर्यटन दिवशमा ट्राफिक आईल्याण्ड हस्तान्तरण

पोखरा, १० अशोज:

 बिश्व पर्यटन दिवसको सन्दर्भमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लेकसाईड हल्लनचोक सडकमा प्रयोग हुने गरि ट्राफिक आइल्याण्ड आइतबार एक समारोहका बिच हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष लायन प्रदिप कुँवरले जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक श्याम अर्याललाई सो ट्राफिक आइल्याण्ड हस्तान्तरण गरेका हुन । पोखराको ट्राफिक ब्यवस्थापनमा यहाँको ट्राफिक प्रहरीले खेल्दै आएको भुमिकाको कदर गर्दै हल्लनचोकमा ट्राफिक आईल्याण्डको आवश्यकता महशुस गरिएकोले हस्तान्तरण गरिएको क्लबका अध्यक्षले कुँवरले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरिक्षक श्याम अर्यालले हल्लनचोकको सडकचोकमा आवश्यक रहेको ट्राफिक आईल्याण्ड प्रदान गरेकोमा क्लबलाई धन्यबाद दिँदै सडक दुर्घटना न्युनिकरण र ट्राफिक ब्यवस्थापनमा आईल्याण्डले भुमिका खेल्ने हुँदा यसको महत्व रहेको बताए । लायन्स क्लबका जोन चियर पर्सन लायन कृष्ण अधिकारीले स्थापनाको छोटो अवधिमै लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले सामाजिक गतिबिधीमा आफ्नो गतिलो उपस्थिती जनाउन सफल भएको बधाई प्रकट गरे । उनले समाजका हरेक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरि अभावलाई परिपूर्ति गर्नुपर्नेमा जोड दिए । क्लबका प्रथम उपाध्यक्ष लायन सुदिप पौडेलले बैशाख १२ को महाभुकम्प पछि देशको पर्यटकिय गतिविधी सुस्ताएको ले सबैले हातेमालो गरि अन्र्तराष्ट्रिय जगतमा सकारात्मक सन्देश पुर्याउन सके पहिलेकै अवस्थामा फर्काउन सकिने बताए ।

कार्यक्रममा काठमाण्डौ लायन्सका जोन चियर पर्सन रामु क्षेत्री, क्लबका सहसचिब किसन गिरी लगायतले बोलेका थिए । क्लबका अध्यक्ष लायन प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सन्जय मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button