पोखराको कोल्ड स्टोरमै आलुको विउ कुहिए पछि कृषक मर्कामा

 पोखरा २८, असोज ;
पोखराको कोल्ड स्टोरमै आलुको विउ कुहिए पछि कृषक मर्कामा परेका छन । पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रा.लि.मा आलुको विउ स्टोर गर्न राखेका कास्की लेखनाथ १२ ढुंगेपाटनका कृषकहरु मर्कामा परेका हुन ।

ढुंगेपाटनका सुब्दार मनबहादुर गुरुङले आफुहरुले उक्त स्टोरमा ८३ वोरा आलु स्टोर गर्न शुल्क तिरेर राखे पनि हाल सवै जसो आलु कुहिएको दिएकोमा गुनासो गरे । उनले भने “हाम्रो आलु स्टोर गर्छु भनेर शुल्क लिने अहिले कुहिएको आलु दिने स्टोरले हाम्रो कुहिएको आलुको उचित क्षेतिपुर्ति दिनु पर्छ ।” अर्को कृषक ईम बहादुर पुनले आफुहरुले २८ हजार रुपैया तिरेर राखेको उक्त परिणामको आलु हाल कुहिएको आलु दिएकोले आफुहरुलाई यस बर्ष आलु लगाउन ठुलो समस्या हुने उनले गुनासो गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara

उचित क्षतिपुर्ति उपलब्ध गराउन उनले स्टोर र सम्बन्धित निकायसंग आग्रह गरेका छन । उक्त स्टोरका अध्यक्ष दिपक कोईरालाले आफुहरुले गत बर्ष देखि आलुमा विभिन्न प्रकारको रोग लागेको कारणले स्टोर गर्दा कुनै बस्तुको ग्यारेन्टी नलिने गरेकोले कुहिएको आलुको क्षतिपुर्ति दिन नसक्ने बताए । उनले भने “हामीले ग्यारेन्टी लिन सक्दौनौ भन्दा भन्दै उहाँहरुले स्टोर गर्न आग्रह गरे पछि स्टोर गरेका थियौ, तर आलुमा विभिन्न प्रकारको रोग लागेका कारणले गर्दा उक्त आलु कुहिएको हो ।”

विगत १० बर्ष देखि पोखराको प्रस्याङमा स्टोरेज रहेको भए पनि उक्त प्रविधि पुरानै हुदै गएको कारणले गर्दा पनि स्टोरेजमा राखेका सामान कुहिन थालेको बताइन्छ । आलु, स्याउ र गाजर मुख्य रुपमा उक्त स्टोरेजमा स्टोर गरीन्छ भने १८ देखि २० हजार मेट्रिक्टन स्टोर गर्न सक्ने क्षेमता भएको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button