पोखरामा १५ हजार भेडा–च्याङग्रा

पोखरा ३०, असोज:

पर्यटकीय नगरी पोखरामा यस बर्ष करीब १५ हजार भेडा –च्याङग्रा भित्र्रिदैछन। नेपालीहरुको महान पर्व दशैं पर्वलाई लक्षित गरी पोखरामा भेडा –च्याङग्राको विक्रि वितरण भने केहि दिन देखि सुरु भएको छ ।

हिमाल पारीको जिल्ला मुस्ताङ क्षेत्रमा जडिवुटि खाएर हुर्किएका भेडा –च्याङग्रा यस बर्ष पोखरामा गत बर्ष भन्दा करीब ५ हजार बढी भेडा –च्याङग्रा भित्र्रिने भएको व्यवसायीहरुले बताएका छन । पोखरा क्षेत्रमा पहिलो लटमा आएका भेडा –च्याङग्राको मुल्य भने १७ हजार देखि २५ हजारमा विक्रि वितरण सुरु भएको म्ुस्ताङका एक भेडा –च्याङग्रा व्यवसाय सन्तुक गुरुङले बताए ।

गत बर्ष १४ देखि २० हजारमा विक्रि भएका भेडा –च्याङग्रा यस बर्ष भने मुल्य बृद्धि भएको उनले बताए । उनका अनुसार भेडा –च्याङग्रा पाल्न धेरै दुख हुने भएकोले मुस्ताङ क्षेत्रबाट मात्र उत्पादन भएकको भेडा –च्याङग्राले माग पुर्ति गर्न नसक्ने भएकोले हरेक बर्ष यसको मुल्य बृद्धि हुने जाने छ । मुस्ताङ सहित मुगु र केहि मात्रमा तिव्वतबाट समेत भेडा –च्याङग्रा भित्राइएको हो । पोखरा हेमजाका एक व्यवसायीले यस बर्ष मुस्ताङबाट एक सय ३० वटा भेडा –च्याङग्रा किनेर पोखरा क्षेत्रमा विक्रि वितरण गर्न सुरु गरेका हुन । उनका अनुसार १७ हजार देखि २५ हजार मुल्य बराबरमा भेडा –च्याङग्राको विक्रि भएको छ । उनले भने “यस बर्ष भेडा –च्याङग्रा ल्याउदा ठाँउ ठाँउमा कर तिर्नु पर्ने झनझट र लुटपाट जस्ता कुनै पनि घटना भएन, त्यसमा पनि सुरक्षाको भने राम्रो व्याबस्था भएको हामीदले पायौं । ” उनका अनुसार पोखरा क्षेत्रमा दशैंको अवसरमा कम्तीमा पनि ३० हजार जसो भेडा –च्याङग्राको माग हुने गर्दछ ।

जिल्ला विकास समिति मुस्ताङले यस बर्ष मुस्ताङको घाँसामा भेडा –च्याङग्राको निर्यात शुल्कः उठाएको छ । जिविस मुस्ताङका सुब्बा नारायण पौडेलका अनुसार भदौ २६ गते देखि उक्त क्षेत्रबाट पोखरा लगायतका क्षेत्रमा भेडा –च्याङग्रा लैजान सुरु भएको हो । उनका अनुसार असोज ३० गतेसम्म १५ हजार ३ सय ८ वटा भेडा –च्याङग्रा घाँसाबाट बाहिरिएका छन । मुस्ताङ जिविसले प्रति भेडा –च्याङग्राको ५० रुपैया शुल्क संकलन गरेको हो । सुव्वा पौडेलका अनुसार नेपाल खाद्य संस्थानले मात्र यस बर्ष मुस्ताङबाट ६ सय ३९ वटा भेडा –च्याङग्रा लगेको छ । दशैँमा भेडा च्याँग्राको माग बढेकोले चिनको तिव्वतबाट नेपाल भित्राउने गरेका भेडा च्याङगा यस बर्ष पनि कम मात्रमा भित्रिएकोले भेडा –च्याङग्राको मुल्य समेत बढ्न गएको कृषकहरु बताउछन ।

कास्कीका उपभोक्ताहरुलाई शहुलियतमा भेडा –च्याङग्रा उपलब्ध गराउने उद्धेश्यले जिल्ला प्रसासन कार्यालय कास्कीले गत बर्ष देखि कर नउठाउने निर्णय गरेको छ । यस बर्ष पनि भेडा –च्याङग्राको कुनै शुल्क नलाग्ने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए । उनले भने “ भेडा –च्याङग्रा ल्याउने बाटोमा हामीले दुई जना प्रहरी निरिक्षक सहितको सुुरक्षाको टोली खटाएका छौं, कुनै व्यक्ति तथा समुहबाट लुटपाट हुने संकेत पाउन साथ प्रहरीलाई खवर गरेको खण्डमा मोटरसाईकल सहितको टोलीले सुरक्षा दिने छ ।”

कास्की, पर्वत, बाग्लुङ, स्याङजा, तनहुँ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी च्याङ्ग्रा खपत हुने गरेको छ । हिमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि यसको खपत बढेको हो । पोखराको पुरानो टुडिखेलमा भेडा–च्याँग्रा सहितको हार्ट बजार कार्तिक ३ गते अर्थात फुलपातीदेखि लाग्दै छ । पेट्रोलिय पदार्थ अभाव भएको कारणले गर्दा यस पाली पोखरा क्षेत्रबाहिर भेडा च्याङग्रा बाहिर लैजान निकै कठिन हुने भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button