पोखरा २२, कार्तिक-
पोखरा काठमाण्डौ, पोखरा जोमसोम करीब ३० वटा फ्लाईट हुदै आएकोमा आईतबार हवाई ईन्धन नभएको कारणले गर्दा कुनै पनि फ्लाइट नभएकोे पोखरा विमानस्थल कार्यालयका प्रमुख दिपक बरालले बताए । पर्यटकीय नगरी पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट दैनिक जसो ३० वटा फलाईटबाट ५ सय बढी आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई सेवा दिदै आएको प्रमुख बरालले बताए । उनले भने “इन्धन अभावको कारणले गर्दा सोमबार भने केहि कम्पनीले थोरै फ्लाईट गर्ने भएका छन ।
सम्भवत हवाई ईन्धन अभाव भएर कै कारणले गर्दा पोखरामा एक दिन सम्पुर्ण हवाई उढान पहिलो पटक रद्ध भएको छ । भारतले नेपाल माथि गरेको नाकावन्दीको कारणले गर्दा सहज रुपमा हवाई ईन्धन उपलब्ध गराउन नसक्दा पोखराको हवाई उढानको ईतिहासमै पहिलो पटक ईन्धन अभावको कारणले गर्दा सवै उढान रद्ध भएको यो पहिलो घटना भएको व्यवसायीहरु बताउछन ।
पोखरा काठमाण्डौ, पोखरा जोमसोम करीब ३० वटा फ्लाईट हुदै आएकोमा आईतबार हवाई ईन्धन नभएको कारणले गर्दा कुनै पनि फ्लाइट नभएकोे पोखरा विमानस्थल कार्यालयका प्रमुख दिपक बरालले बताए । पर्यटकीय नगरी पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट दैनिक जसो ३० वटा फलाईटबाट ५ सय बढी आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई सेवा दिदै आएको प्रमुख बरालले बताए । उनले भने “इन्धन अभावको कारणले गर्दा सोमबार भने केहि कम्पनीले थोरै फ्लाईट गर्ने भएका छन । ” पोखराको हवाई उढानको ईतिहासमा पहिलो पटक ईन्धन अभावको कारणले गर्दा सम्पुर्ण उढानहरु रद्ध गर्नु परेको यो पहिलो घटना भएको बुद्ध एयरलायन्स पोखराका स्टेशन म्यानेजन गौतम बरालले बताए । उनका अनुसार सोमबार ५ वटा फ्लाईट मध्य जेनतेन २ फ्लाईट पोखरा काठमाण्डौं हुने भएको छ ।
यति एयरलायन्स कम्पनीबाट पोखरा काठाण्डौको लागि दैनिक जसो हाल ७ वटा फ्लाईट हुदै आएकोमा सोमबार भने ईन्धन उपलब्ध भएको खण्डमा कम फ्लाईट हुने कम्पनीले जनाएको छ । सिम्रिक एयरले पोखरा काठमाण्डौको लागि सोमबार ३ वटा फ्लाईट हुने भएको सिम्रिक एयर पोखराका स्टेसन म्यानेजर विकास बरालले बताए । ईन्धन अभावको कारणले गर्दा पोखरा जोमसोम भने सोमबार कुनै पनि उढान नहुने भएको एयर लाईन्स कम्पनीहरुले जनाएका छन । त्यसै गरी सरकारी विमानले नेपाल एयरलायन्सले समेत आईतबार कुनै पनि उढान भर्न सकेन ।
हवाई उढानबाट पर्यटकहरु गन्तव्यमा जान नपाए पछि उनीहरु केहि पर्यटक बसमा त कोहि कालो प्लेटका पृथ्बीराज मार्ग वस संचालक समितिका वसमा आफ्नो गन्तव्य लागेका छन । क्षेत्रिय नाट्टा संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार हवाई इन्धनको जस्तो अभाव सवारी साधनमा प्रयोग हुने डिजल र पेट्रोलमा पनि उस्तै छ । उनले भने “हाम्रा केहि व्यवसायीहरुले जोहो गरेर राखेको केहि पेट्रोलिय पदार्थ सहि ढंगले प्रयोग हुने गरी यो अबस्थामा सडक मार्ग हुदै गन्तव्यमा जान चाहेका पर्यटकहरुलाई सेवा दिएका छौं । ” उनका अनुसार आईतबार पोखराको हवाई उढान सवै रद्ध हुदा साना ठुला गरी २५ वटा पर्यटक वसहरु पोखराबाट काठमाण्डौं गएका छन । सोमबार पनि हवाई उढान न्युन मात्रमा हुने भएकोले उतिकै सङख्यामा पर्यटक वसहरु संचालन गर्ने उनले बताए । पोखरा देखि काठमाण्डौं गएको ७ सय ५० देखि २ हजार रुपैया सम्मको शुल्क रहेको श्रेष्ठले जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution