पोखरा , ५ मंसिर-
पोखरामा चल्ने सार्वजनीक भाडाका यात्रु वाहक वसमा आज (शनिबार) देखि ३०प्रतिशत भाडादर बृद्धि भएको छ । सरकारले कोटा प्रणालीबाट पेट्रोलिय पदार्थउपलब्ध गराउन नसके पछि सार्वजनीक यात्रु वाहक वसहरुमा ३० प्रतिशतले भाडादर बृद्धिगरेको गण्डकी धौलागिरी सार्वजनीक यातयात समन्वय समितिका वरिष्ठ उपाध्यक्ष एनकुमार साईले बताए ।
यातयात व्यवस्था विभाग र प्रशासनले सार्वजनीक भाडाका सवारी साधनहरुलाई सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन कुनै चासो नदिएकोले आफुहरुले बाध्यभएर कालोबजारीको मिसावट युक्त महङगो शुल्कः तिरेर पेट्रोलिय पदार्थप्रयोग गरेकोले ३० प्रतिशत भाडादर बृद्धि गरी यातयात सेवा संचालन गरेकोउनले बताए । उनले भने “हामीले एक हप्ता अघि नै जानकारी गराउदै प्रशासनसमक्षदैनिक ८ हजार लिटर मात्र डिजेल माग्दा दिन नसेकेको कारणले गर्दा हामीलेयात्रुहरुई सेवा दिने उद्धेश्यले एक्लौंटी ढंगबाट बाध्य भएर भाडा बृद्धि गरेका हौं । ” दैनिक २५ हजार लिटर डिजेल आवश्यक भए पनि विसम परिस्थितीमा ८ हजारलिटर डिजल प्राप्त गरेको खण्डमा आलोपालो गरी समानुपातीक वितरण हुने गरीआफुहरुले भाडा दर बृद्धि नगर्ने साईले जनाए । पोखराबाट वेस भएर संचालनहुने यात्रु वाहक वस सेवामा आजका मिति देखि सहज पेट्रोलिय पदार्थ उपलब्ध नहुदासम्म भाडा दर बृद्धि भएको उनले जनाए ।
दुई महिना देखि भारतले नेपाल माथि नाकावन्दी गरेकोले गण्डकी तथाधौलागिरी क्षेत्रमा १५ दिनमा पनि एक पटक पेट्रोलिय पदार्थ उपलब्ध गराउननसकेकोले आफुहरुले आफ्नो व्यवसायको संरक्षण गरी यात्रुहरुलाई सेवादिने उद्धेश्यले तीन-चार गुणा महङगोमा पेट्रोलिय पदार्थ किनेर नेपालीहरुकोमहान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा सेवा दिदै आएकोपृथ्बीराजमार्ग बस संचालक समितिका अध्यक्ष समेत रहेका साईले बताए । उनकाअनुसार गण्डकी तथा धौलागिरी क्षेत्रमा वस ट्रक सहितका ११ हजार सार्वजनीकभाडाका सवारी साधनहरु रहेका छन । पृथ्बीराजमार्ग अन्र्तगतका सवारी साधनहरु हाल५० प्रतिशत जसो गाडीहरु संचालनमा आएको समितिले जनाएको छ ।
पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले समितिमा आवद्धभएका करीब १२ सय गाडीहरु मध्य गण्डकी तथा धौलागिरीमा ८ सय र देशका अन्यक्षेत्रमा ४ सय गाडी संचालनमा आएको बताए । दैनिक जसो ३ सय ५० वटा गाडीहरुलामो तथा छोटो दुरीमा संचालनमा आएको उनले बताए । यातयात व्याबस्थाविभागले भाडा दर बृद्धि गर्नु पर्नेमा यातयात व्यावसायीहरुले एक्लौटी भाडा दर बृद्धि गर्दा कास्की प्रशासन भने मौन रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution