नाकाबन्दीको मुद्धालाई अन्र्तराष्ट्रियकरणका लागि नेपालबन्द

पोखरा, मंसिर १५ –
भारतले नेपालमाथि लगाएको चरम नाकाबन्दीले नेपालमा देखिएको मानविय संकट सभाधानका लागि आवस्यक पहल नभएको भन्दै नेकपा माओबादीले आईतबार नेपालबन्दको आयोजना गरेको छ ।

नेपाली जनता अप्ठेरोमा परेका बेला सरकारले ठोस पहल गर्न नसकेको भन्दै माओबादीले अहिलेको सरकार नालायक भएको निष्कर्ष निकाल्दै बन्दको आयोजना गरेको नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा (आस्था)ले सानातिना बिरोधले दवाव नपुगेपछि बन्द गर्नुपरेको बताईन । सत्तामा बसेकाहरुले जनताको दुःख बुझ्ने कोशिस गरेको भए अहिलेसम्म सबै समस्याको हल हुने उनको दाबि छ । प्रयास गरिरहेको बताउने सरकारले के प्रयास भएको छ भन्ने कुरा किन जनतालाई भन्न सक्दैन ? जनताले दैनिक छाक टार्न नसकेको बेलामा घाटा खाएर भएपनि तत्काल राहत दिनतर्फ वर्तमान सरकारले सोच्न समेत नसक्नुले अहिलेको सरकार जनता प्रति उत्तरदायि नभएको उनको भनाई छ । कति छुटमा ईनधन पाईन्छ भन्ने तर्फ छलफल चलाउनु भन्दा तत्कालको लागि राहात दिएर दिर्घकालिन संझौतामा जान नसक्नुले राज्यमा बसेकाहरु नै भारतको दलाल भएको भन्ने कुरा स्पष्ट हुने उनले दावि गरीन ।

कुनैपनि संकटलाई अन्र्तराष्ट्रियकरण गर्न नसके त्यसको सहि समाधान निस्कन नसक्ने दुराले बताईन । नेपालको नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्नकोे लागि नेपालबन्द जस्तो कठोर आन्दोलन रोज्नु आफुहरुको बाद्यता भएकोले यस प्रति नेपाली जनतामा पर्ने गएको असुविधा प्रति दुराले दुःख ब्यक्त गरेकी छिन | आफुहरुले ज्ञापनपत्र , बिरोध जुलुस तथा ध्यानाकर्षण र मानवसाङ्गलो समेत
प्रर्दशन गरिसकेको भएपनि राज्य कानमा तेल हालेर बसेका कारण सडमका उत्रन परेको उनको दावि छ । बन्दको समयामा पर्यटक वा अन्य बाहानामा भारतिय गाडी भने चल्न नदिने माओबादीले यसअघि नै जानकारी दिएको छ ।

माओबादीले पछिल्लो समय बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि अभियान सुरु गरेको पनि दुराले जानकारी दिईन । अब देश बचाउन र भारत बिरुद्ध एकजुट भएर सडकमा आउन दुराले सबे नेपालीलाई आग्रह गरेकी छन ।

माओबादीले निरन्तर माथिल्लो कर्णाली, बिद्युत ब्यपारा संझौता, बिप्पा, नेपालको एयरपोर्टमा भारतिय एयरमार्सल राख्ने प्रस्ताव, लिपुलेक जस्ता राष्ट्रघाति कदमको बिरुद्धमा आवाज उठादै आएको र अहिले आएर सबै जनतामा भारतको नियत र माओबादीको बिरोधको औपचारीक पुष्टी हुनुले अब राष्ट्रिय स्वाधिनताको लडाइमा जनताको साथ हुने उनको बिस्वास थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button