पोखरा, १२ मङ्सिर-
कास्की जिल्लाको लेखनाथ नगरपालिकामा रहेका शक्ति ग्याँस कम्पनी प्रा.लि. र गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.बाट भरिएका ७.१ के.जी तौलका ग्याँस सिलिण्डर अधिकृत विक्रेताहरु मार्फत मिति २०७२।८।१४ गते वितरण हुने भएको छ । स्रोतका अनुसार शक्तिको २ हजार १ सय २८ र गृह लक्ष्मीको ६ सय ७३ वटा आधा ग्याँस सिलिण्डर सो क्षेत्रमा रहेका ग्याँसका डिलरबाट मात्र वितरण हुने भएको हो । ग्याँस वितरण गर्दा अधिकृत विक्रेताले स्थानीय जनप्रतिनिधि टोल विकास संस्था, नागरिक समाज, वडा मन्च समेतका समुस्थितिमा लाइन लगाई नाम, ठेगाना र हस्ताक्षर सहितको अभिलेख तयार गरी वितरण गर्ने गराउने निर्णय गरिएको स्रोतले जनाएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution