पश्चिमाञ्चल होटल संघ पोखराद्वारा प्रजिअ राउतको विदाई

पोखरा, १ पुस –

कास्कीको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा जिम्मेवारी सम्हाल्न जान लागेका कृष्णवहादुर राउतलाई पश्चिमाञ्चल होटल संघ पोखराले हालै विदाई गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा संघका पदाधिकारी तथा सल्लाहकारले अध्यागमन कार्यालय मार्फत देशविदेशमा नेपालको छवि उँचो राख्ने खालको काम गर्न प्रमुख जिल्ला अधिकारी राउतलाई सुझाव दिएका थिए । विमानबाट विदेशी पर्यटक विमानस्थलमा अवतरित हुन साथ त्यहाँको व्यवहार र गतिविधि हेरेर नेपालप्रति आफ्नो धारणा बनाउने स्मरण गराउँदै पर्यटकप्रति गरिने व्यवहारमा सुधार ल्याउन सुझाव दिइएको हो ।

संघका अध्यक्ष भरतराज पराजुलीले विनासकारी भूकम्प र नाकाबन्दी जारी हुँदा पनि प्रजिअ राउतले कास्कीमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै उनको प्रशंशा गरे । राउतको पर्यटनमैत्री भूमिकाले पोखराको पर्यटन माथि लैजान सकारात्मक भूमिका खेलेको पनि अध्यक्ष पराजुलीले बताए । अध्यागमन विभागमा रहँदा विमानस्थलमा केही न केही सुधार ल्याउन राउतले भूमिका खेल्नेमा आफू आसावादी भएको पनि पराजुलीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं नेपाल पर्यटन वोर्डका सदस्य विश्वशंकर पालिखेले अध्यागमनमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा राउतले धेरै सुधारका काम गर्न सक्ने बताए । नेपालको छवि राम्रो बनाउन अध्यागमन कार्यालयको भूमिका ठूलो हुने भनाई पनि उनको थियो ।

संघका अर्का सल्लाहकार सुन्दरकुमार श्रेष्ठले प्रजिअ राउत युवा र गतिशिल व्यक्तित्व भएका कारण पनि उनीबाट सुधारको अपेक्षा गर्न सकिने बताए । संघका अर्का सल्लाहकार लक्ष्मीवहादुर भट्टराईले कास्कीमा रहँदा राउतले कुशकतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको आफूहरुे पाएको बताए । संघका सल्लाहकार बच्चुराम तिवारीले विकास निर्माणका काममा प्रजिअ राउतको सहकार्य मननयोग्य रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रजिअ राउतले १९ महिने आफ्नो कार्यकालमा आफूले निर्वाह गरेको भूमिकाबाट आफू सन्तुृष्ट भएको बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुअब्जा वितरण, लुम्ले र भदौरे तमागिमा पहिरो जाँदा आफूले खेलेको जनसहयोगी भूमिका, विनासकारी भूकम्प जाँदा खेलेको समन्वयकारी भूमिका, सडक विस्तार र नाकाबन्दीको समस्यामा जनतालाई पुर्याएको योगदानको प्रजिअ राउतले स्मरण गरे ।

सो अवसरमा टोल विकास वडा समन्वय समितिका संयोजक गिरिराज अधिकारी, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन र संघका महासचिव भकेन्द्रकुमार श्रेष्ठले पनि आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button