मनकांक्षी बचत तथा ऋण सहकारीको प्रारम्भिक साधारणसभा सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष ५
मनकांक्षी बचत तथा ऋण सहकारीको प्रारम्भिक साधारणसभा सम्पन्न

पोखरा, ०५ पौष –
मनकांक्षी बचत तथा ऋण सहकारी संस्था लि.कास्कीकोट–८, कास्कीको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आध्यात्मिक चिन्तक एवं नेपाल सरकारका पूर्व प्रशासक प्रेमराज अधिकारीले साधारणसभाको उद्घाटन गर्दै सामाजिक र आर्थिक सम्पन्नता बृद्धिसँगै सहकारीका मूल्य, मान्यता अनुसार भर्खर स्थापना भएको यस सहकारीले पृथक पहिचान बनाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

उक्त प्रारम्भिक साधारणसभाले दुर्गा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा टेक प्रसाद अधिकराी, सचिवमा पदम बस्ताकोटी, कोषाध्यक्षमा हरि प्रसाद अधिकारी, सदस्यमा डिल्लीराम भट्टराई, बसन्तराज बस्ताकोटी, लक्ष्मी गिरी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी भेलाले लेखासंयोजकमा महेश्वर गिरी सदस्यमा लक्ष्मण गिरी र लेखनाथ सुवेदी, ऋण संयोजकमा बामदेव बस्ताकोटी, सदस्यमा बलराम गौतम र लक्ष्मी अधिकारीलाई चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक हिमलाल बस्ताकोटीले निर्वाचित सबै पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा तदर्थ समितिका लेखा संयोजक महेश्वर गिरी, ऋण संयोजक बामदेव बस्ताकोटी, शिक्षा उपसमिति संयोजक देवी प्रसाद बस्ताकोटीले सहकारीलाई आगामी दिनमा संख्यात्मक मात्र नभई गुणात्मक बृद्धि गर्नतर्फ लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव पदम बस्ताकोटी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतिले पारित भएको थियो ।

तदर्थ समितिका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष टेक प्रसाद अधिकारी र कार्यक्रमको संचालन सचिव पदम बस्ताकोटीले गर्नुभएको थियो ।

संस्थामा हाल ६१ जना शेयर सदस्य र शेयर पुँजी २६ लाख रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस