पूर्व राष्ट्रप्रमुख तथा पदाधिकारीलाई आजीवन सुविधा उपलब्ध गराउनु दुर्भाग्यपूर्ण

  • पोखरा न्यूज
  • २०७२ पौष ७
Post Thumbnail

पोखरा, ०७ पौष –
नेपाल सरकारले पूर्व राष्ट्रप्रमुख र उच्च पदाधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी तयारीप्रति पोखराका नागरिक समाज, स्वतन्त्र पत्रकार संघ नेपाल, सचेतना समाजले राप्रपा नेपाल कास्कीमार्फत उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई पठाएको स्मरण पत्रलाई कार्यान्वयनका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समक्ष जोडदार समर्थनका साथ सोमवार स्मरणपत्र पठाएको छ ।

स्मरणपत्रमाथि पार्टीको धारणा राख्दै केन्द्रीय सदस्य तथा अञ्चल संयोजक रमेश बहादुर भट्टराईले भुकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रलाई थलोथलो पारेको अवस्थामा वार्षिक करीब ३ अर्ब रुपैयाँ पूर्व राजनीतिक नेताहरुलाई सेवा सुविधामा राज्यको कोषबाट खर्च गर्नु दुर्भाग्यपूर्ण भएके बताउँदै सो रकमले वार्षिक ४० मेगावाट विद्युत उत्पादन हुन सक्ने बताउनुभयो ।

सो अवसरमा जिल्ला अध्यक्ष जयलाल पुनले तपाइहरुले उठाएको विषय सबै नेपालीहरुको साझा विषय भएको बताउँदै गरिब देशका गरिब जनताले तिरेको करबाट संकलन गरेको रकम राजनीतिको नाममा सुविधा लिनु भनेको अपराध भएकोले यो कुरा कुनै पनि हालतमा लागू गर्न नदिन प्रतिवद्धता व्यक्त गर्नुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस