पोखरा, ०७ पौष –
सामाजिक जागरणका लागि नारी अभियान कास्कीले यही पुस १० गते उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी कार्यक्रम आयोजना गर्ने भएको छ ।
तराई आन्दोलन तथा नाकावन्दीका कारण दैनीक उपभोग्य वस्तु तथा इन्धन तथा ग्यास लगायतका सामाग्री अभाव तथा कृतीम अभाव सृजना गरी सृजीत कालोवजारी नियन्त्रणका लागी थालीएको अभियान अन्तरगत उक्त कार्यक्रम आयोजना गर्न लागीएको अभियन्ता अभियानका संयोजक सुष्मा पौडेलले जानकारी गराइन् ।
कार्यक्रम संयोजक अञ्जु केसीले उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन आगामी दिनमा अनुगमनमा सक्रियता निर्वाह गर्न चाहने हरेक क्षेत्रका दिदीवहीनीहरुलाई आह्वान गरेकि छिन् ।
होटेल कान्तीपुर लेकसाईटमा दिउसो ११ वजे आयोजना गरिएको कार्यक्रममा सहायक प्रम’ख जिल्ला अधिकारी चन्द्रथान गौतमले उपभोक्ता हक अधिकार तथा अनुगमन र प्रशासनको दायित्व विषयमा प्रशिक्षण दिनेछन् ।त्यस्तै अधिकारकर्मी माधव पहारीले उपभोक्ता अधिकार, अन’गमन र नागरिकको भुमिका तथा अधिवक्ता सुरेन्द्र थापामगरले उपभोक्ता हक अधिकार, कालोवजारी नियन्त्रण सम्वन्धी ऐनहरु र पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले ऐन कानुन, सुचनाको हक तथा भावि योजनाको विषयमा प्रशिक्षण दिने छन् । पहिलो चरणको प्रशिक्षण सम्वन्धी कार्यक्रम पश्चात महिलाहरुको उपभोक्ता तथा अनुगमन टिम वनाई अनुगमन गर्ने र उक्त टिमलाई दोश्रो चरणको समेत प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रममा सिमीत सहभागि गराइने आयोजकले जानकारी दिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution