छैठौ पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्टले गर्ने

पोखरा, ०७ पौष –
छैठौ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्टले गर्ने भएको छ । नेपाल शालिमार सिमेन्ट र महोत्सव आयोजक युनाइटेड क्लव पोखरा बीच अघिल्लो वर्षजस्तै यो वर्षपनि पोखरा महोत्सवको मुख्य प्रायोजकमा सहमती भएको हो । मंगलबार नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरी वितरक प्रमुख तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी र युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेल बिच महोत्सवको मुख्य प्रायोजकको सहमतीपत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त अवसरमा वोल्दै नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरी वितरक प्रमुख दिनेश प्रसाद चौधरीले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै पोखराको पर्यटन प्रवद्र्धनमा चिडियाखाना निर्माणका लागी पहलकदमी अगाडी वढाउदै आएको युनाइटेड क्लव पोखरा संग नेपाल शालिमार सिमेन्टले अघिल्लो वर्षजस्तै पोखरा महोत्सवको मुख्य प्रयोजक बन्न पाउदा खुसी लागेको वताए । आफुहरुको प्रोडक्क नेपाल शालिमार सिमेन्टलाई पोखरा महोत्सवको माध्यामबाट आम उपभोक्ताहरु समक्ष पुरयाउनेमा आफुहरु आशावादी रहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष हिमालय बख्रेलले अघिल्लो वर्ष जस्तै यो वर्षपनि पोखरा महोत्सवको मुख्य प्रायोजकमा नेपाल शालिमार सिमेन्ट संग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै शालिमार सिमेन्टसंगको सहकार्यले पोखरा महोत्सव सभ्य र भब्य हुने वताए। सिमेन्टलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनको प्रतिवद्धता रहेको थियो । पोखराको अमरसिंह चौरमा आगामी पुस ३० देखि माघ १० गते सम्म छैठौ संस्करणको पोखरा महोत्सव हुदैछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button