वडा न. ९ का विभिन्न टोलहरुमा बाल क्लबहरु गठन

पोखरा, ०८ पौष –

पोखरा उपमहानगरपालिका वडा न. ९ का विभिन्न टोलहरुमा बाल क्लबहरु गठन भएका छन । नाग ढुङ्गा टोलमा स्नेहा गिरिको अध्यक्षतामा ११सदस्यीय बाल क्लब गठन भएको छ । क्लबको उपाध्यक्षमा सन्जिला गिरि, सचिबमा कुशल लामिछाने, सहसचिवमा कुशल काप्री, कोषाध्यक्षमा एलिजा खतिवडा र सदस्यहरुमा सन्देश बिक, उत्सर्ग शर्मा, सृजल लामिछाने, प्रशान्त जिसि, बिप्रस सुवेदी र प्रशान्त सन्जेल चयन भएका छन् ।

त्यसै गरि साँगुमुख टोलमा अप्सरा पन्तको अध्यक्षतामा साँगुमुख बाल क्लब गठन भएको छ । क्लबको उपाध्यक्षमा प्रशान्त खाड, सचिबमा दीप लामा, सहसचिबमा एलिसा राई, कोषाध्यक्षमा सानलिज कायस्थ र सदस्यहरुमा अर्जुन श्रेष्ठ, अनुज मानन्धर, इसुका शर्मा, सिमन तामाङ, कपिलहरी पौडेल र राज गुप्ता चयन भएका छन् ।

शनिबार बार नै भएको आदर्श टोलमा भएको बाल भेलाले सालु थापाको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन भएको छ । क्लबको उपाध्यक्षमा सन्देश क्षेत्री, सचिबमा रिता सुबेदि, सहसचिबमा आयुस कुवर, कोषाध्यक्षमा सागर बहादुर र सदस्यहरुमा साधना अबगरी, सलोनी प्रधान, बितिसा श्रेष्ठ, मेमोसा पोख्रेल, ममता थापा र प्रिया बस्याल चयन भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button