सराङकोटमा नयाँ शक्तिको युवा भेला सम्पन्न

पोखरा, ०८ पौष – 
नयाँ शक्ति निर्माण अभियान अन्र्तगत कास्कीमा युवाहरुको भेला भए लगत्तै कास्कीका बिभिन्न वडा र गाविसहरुमा नयाँ शक्ति निर्माण अभियानले युवाहरुको भेलाले तिव्रता पाएको छ ।

नयाँ शक्ति निर्माण अभियानका युवा अभियान्ताहरुले सराङकोटमा अजय ढकालको संयोजकत्वमा ११ सदस्यिय युवा समीति गठन गरेको छ । जसको सदस्यहरुमा अनिल थापा ,रामचन्द्र ढकाल ,महेश ढकाल बिकास ढकाल ,बिरेन्द्र ढकाल ,रमेश ढकाल,डिल बहादुर ढकाल र प्रकाश जिसि रहेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बुधबार सराङकोटमा भएको कार्यक्रममा नयाँ शक्ति युवा अभियानका अभियान्ता देब क्षेत्रीले युवाहरु अव निर्वाचनको समयमा प्रयोग मात्र नभएर निति निर्माण गर्ने तहमा पुग्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नयाँ शक्ति निर्माण अभियान कास्कीका अभियान्ता रिम बस्यालले नयाँ शक्ति निर्माण अभियान भनेको राष्ट्र निर्माण अभियान भएको हुँदा उक्त अभियानमा लामबद्ध हुन सबैसँग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button