सराङकोटमा नयाँ शक्तिको युवा भेला सम्पन्न

पोखरा, ०८ पौष – 
नयाँ शक्ति निर्माण अभियान अन्र्तगत कास्कीमा युवाहरुको भेला भए लगत्तै कास्कीका बिभिन्न वडा र गाविसहरुमा नयाँ शक्ति निर्माण अभियानले युवाहरुको भेलाले तिव्रता पाएको छ ।

नयाँ शक्ति निर्माण अभियानका युवा अभियान्ताहरुले सराङकोटमा अजय ढकालको संयोजकत्वमा ११ सदस्यिय युवा समीति गठन गरेको छ । जसको सदस्यहरुमा अनिल थापा ,रामचन्द्र ढकाल ,महेश ढकाल बिकास ढकाल ,बिरेन्द्र ढकाल ,रमेश ढकाल,डिल बहादुर ढकाल र प्रकाश जिसि रहेका छन् ।

बुधबार सराङकोटमा भएको कार्यक्रममा नयाँ शक्ति युवा अभियानका अभियान्ता देब क्षेत्रीले युवाहरु अव निर्वाचनको समयमा प्रयोग मात्र नभएर निति निर्माण गर्ने तहमा पुग्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नयाँ शक्ति निर्माण अभियान कास्कीका अभियान्ता रिम बस्यालले नयाँ शक्ति निर्माण अभियान भनेको राष्ट्र निर्माण अभियान भएको हुँदा उक्त अभियानमा लामबद्ध हुन सबैसँग आग्रह गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button