पोखरा, ११ पौष –
छैठौँ सँस्करणको विग आईकन अन्तरगत शनिबारदेखि दोस्रो चरणको अडिसन राउण्ड शुरु भएको छ । अडिसनको पहिलो दिन शनिबार ४४ जना गायन प्रतिभाहरुले तेस्रो चरणको अडिसनका लागि छनौट भएका छन् । शनिबार भएको दोस्रो चरणको अडिसनको पहिलो दिन कुल ५८ जनाले अडिसन दिएका थिए ।
दोस्रो चरणको अडिसन दुई दिनसम्म चल्नेछ । आईतबार हुने दोस्रो चरणको अडिसनमा बाँकी प्रतियोगीहरुले सहभागिता जनाउने एफएमले जनाएको छ । दोस्रो चरणका लागि ४२ जिल्लाबाट आएका ९ सय ३ जना प्रतियोगीहरुमध्येबाट १ सय १२ जनाले मात्रै कार्ड प्राप्त गरेका थिए । आईतबारको अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा विहान ९ बजेदेखि हुने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
शनिबार भएको अडिसनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त, फिल्मकर्मी तथा संचारकर्मी प्रकाश सायमी, कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी विश्वमोहन गौचन लगाएतका अतिथिहरुले विग आईकनको अडिसन हेरेका थिए । अडिसन हेरेसँगै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले विग आईकनले प्रतिभाहरुलाई दिएको मञ्च निकै उत्कृष्ट भएको बताए । उनले विग आईकनले पोखरालाई साँगीतिक राजधानी बनाउन ठुलो योगदान दिने कुरा उनले उल्लेख गरे ।
त्यस्तै फिल्मकर्मी तथा संचारकर्मी प्रकाश सायमीले विग एफएमले विग आईकनले विग एफएमको उचाँई अझै बढाएको बताए । उनले विग आईकन देशकै प्रतिष्ठित गायन रियालिटि शो भएको उल्लेख गर्दै यसलाई निरन्तर रुपमा अगाडि बढाउन एफएमलाई सुझाव दिए ।
यो पटक विग आईकनको दोस्रो चरणको अडिसनसम्म आईपुग्दा नै प्रतियोगिता निकै कडा बन्दै गएको निर्णायकहरुले बताएका छन् । ‘निकै राम्रा र संगीत बुझेका प्रतियोगीहरु यसपाली आएका छन् । र, हामीलाई पनि प्रतियोगितामा निर्णय लिन दोस्रो चरणबाटै गाह्रो हुँदै गएको छ ।’ निर्णायकहरुले भनेका छन् । श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानिया, कर्णदास र विवेक श्रेष्ठ यो पटक निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution